रास्वपा रामेछापले गोकुलगंगा गाउँपालिका समिति पुनर्गठन गर्‍यो, सभापतिमा रुद्र कार्कीलाई जिम्मेवारी

| साउन २५, २०८० बिहिबार

A A A
A A A

२५ साउन, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोकुलगंगा गाउँपालिमा पालिका समिति पुनर्गठन गरेको छ । 

 

बिहीबार आज पार्टी जिल्ला संयोजक एवं प्रदेश सदस्य रमेश रायमाझी, पार्टी केन्द्रीय सदस्य एवं प्रखर वक्ता रमेश प्रसाईँ सहितको उपस्थितिमा दोस्रो पालिका भेलाले रुद्रबहादुर कार्कीलाई सभापतिको जिम्मेवारी दिँदै समिति पुनर्गठन गरेको संयोजक रायमाझीले जानकारी दिए । 

 

त्यस्तै उप सभापतिमा राजकुमार भुजेल, सचिवमा कृष्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । रास्वपाको यसअगाडि रहेको त्यहाँको पालिका समिति निष्क्रिय भएको भन्दै पुनर्गठन गरिएको समितिको कोषाध्यक्षमा शान्ति बसेललाई जिम्मेवारी दिएको छ । 

भने अनिसा कार्की, सतिस कार्की, राजेश खड्का, सुरज कार्की, लक्ष्मी कार्की, मोहन सुनुवार, रिता मगरलाई सदस्यमा चयन गरेको छ । 

 

त्यस्तै सुमन खड्का र खिलबहादुर कार्कीलाई वरिष्ठ सल्लाहकारको जिम्मेवारी तोकेको छ ।