मन्थलीमा: निन्द्रामा हिँड्दा होटेलमा बास बसेका चन्द्रागिरिका महर्जन तीन तल्ला माथिबाट खसे

| साउन २६, २०८० शुक्रबार

उनी संकेत गरिएको झ्यालबाट भुईमा खसेका थिए । तस्बिर मिलन घिमिरे रामेछाप टाइम्स
A A A
A A A

२६ साउन, रामेछाप ।  मन्थलीको ए.जि.एस. होटेलमा बास बसेका एक जना राति तीन तल्लामाथिबाट खस्दा घाइते भएका छन् । घाइते हुनेमा काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नं १२ बस्ने अन्दाजी ५० वर्षीय गोविन्द दास महर्जन रहेका छन् । 

 

उनी बिहीबार साँझ काठमाण्डौबाट बिएबी १८७९ नम्बरको ईलेक्ट्रोनिक भ्यानमा आएर होटेलमा बसेका सोही भ्यानका चालक महर्जन आज शुक्रबार बिहान २ बजेतिर होटेलको तीन तल्लामाथिबाट खसेका थिए । उनी अन्दाजी १५० मिटर भन्दा अग्लो ठाउँबाट तल खसेका हुन् । उनी मार्केटिङको लागि यहाँ आएका थिए ।

 

देवकोटा चोक स्थित ए.जि.एस.होटेलमा उनीसाथिसंगै तीन तल्लामाथिको कोठामा सुतेका थिए । यसरी तीन तल्लाबाट खसे लत्तै आसपासका मान्छेले देखेर उनलाई उपचारको लागि नजिकैको रामेछाप सामुदायिक अस्पताल लागिएको थियो । यहाँ  सामान्य उपचारपछि थप उपचारको लागि उनलाई राति नै धुलिखेल अस्पताल लगिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 

 

अहिले उनको अवस्था सामान्य हुँदै गएको उनको उपचारको लागिसँगै रहेकाहरूबाट खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिलीप कुमार थापाले जानकारी दिए । 

 

तीन तल्लामाथिबाट निन्द्रामा हिँड्दा खसेको भनिएका महर्जनको बायाँ हातको कुहिनो, तिघ्रामा र चिउँडोमा चोट लागेको थियो ।