भोलिदेखि सोमबार सम्म भीषण बर्षा, सचेत रहन रामेछाप प्रशासनको आग्रह

| साउन २६, २०८० शुक्रबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२६ साउन, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले भोलि (शनिवार) देखि मौसम थप सक्रिय भएर भीषण वर्षा हुने मौसम पूर्व अनुमान महाशाखाको भनाई पछि सतर्कता अपनाउन आग्रह गरेको छ । 

 

महाशाखाले विशेष बुलेटिन जारी गर्दै भोलि देखि आउँदो २९ गतेसम्मको मौसम थप सक्रिय हुने र बागमती प्रदेश लगायत केही स्थानमा हल्का देखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र बाढी पहिरोको समेत जोखिम हुने भनेपछि एक पत्र जारी गर्दै प्रशासनले सचेत रहेन भनेको छ । 

 

प्रशासनले जारी गरेको पत्रमा ‘शनिवार देखि सोमबारसम्म देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, सड्क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन’ भनिएको छ । 

मौसम पूर्वाअनुमान महाशाखाले जारी गरेको विशेष बुलेटिन पनि हेर्नुहोस् ।