गाउँकी नाबालिगकालाई जबरजस्ती करणी गर्ने रामेछाप बाबियाखर्कका भुजेल पक्राउ

| साउन २७, २०८० शनिबार

फाइल फोटो ।
A A A
A A A

२७ साउन, रामेछाप । नबालिका करणी गरेको आरोपमा रामेछापमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप नगरपालिका वडा ८ रामेछाप स्थित बाबियाखर्क बस्ने ३७ वर्षीय भूपेन्द्र भुजेलले रहेका छन् । 

 

उनले अन्दाजी १४ वर्षीय नाबालिगकालाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

उनले गत बिहीबार ती नाबालिगकालाई करणी गरेका थिए । जबरजस्ती करण गरेका भुजेललाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको ६ जनाको टोलीले सोही राति १० ०० बजे घटनास्थलबाटै नियन्त्रणमा लिएको जिप्रका रामेछापले जनाएको हो । 

 

प्रहरी नियन्त्रणमा रहेका भुजेलमाथि आवश्यक अनुसन्धान भइरहेको जिप्रका रामेछापका सूचना अधिकारी रञ्जन गिरीले जानकारी दिए ।