दोरम्बा शैलुङ–४ दार्खामा विद्युत् सर्ट भएर आगोलागि हुँदा एक घर नष्ट

| साउन २८, २०८० आइतबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२८ साउन, रामेछाप । दोरम्बा शैुलुङ गाउँपालिका वडा नं ४ स्थित दार्खामा बिद्युत् सर्ट भएर एक घरमा आगोलागि भएको छ । दार्खा स्थित दिपेश मगरको घरमा हिजो शनिवार साँझ ५ ः ०० बजेको समयमा आगो लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगो लागिमा मानवीय र चौपायाको क्षति हुन पाएन । 

 

तर, घरभित्र रहेको नगद रु ६५ हजार नगद आदी तोला सुन, अन्नपात, लत्ता कपडा, भाडा वर्तन सहित घर पूर्ण रूपमा जल्दा  अन्दाजी ७ लाख २१ हजार ३ सय रुपैयाँ बराबरको क्षति भएको जिप्रकाका सूचना अधिकारी रञ्जन गिरीले जानकारी दिए । 

 

जिल्लामा पछिल्लो समयमा विद्युत् सर्ट भएर लागेको आगो लाग्ने क्रम बढेको छ । केही दिन अघि मात्रै पनि लिखु तामाकोशी गाउँपालिका ६ मा विद्युत् सर्ट भएरै आगो लागेको थियो ।