‘नेपाल प्रहरी श्रीमती संघ’को ३९ औँ वार्षिक उत्सवमा रामेछापमा रक्तदान

| साउन २८, २०८० आइतबार

A A A
A A A

२८ साउन, रामेछाप । ‘नेपाल प्रहरी श्रीमती संघ’को ३९ औँ  वार्षिक उत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालयका ‘श्रीमती प्रहरी’ले रक्तदान कार्यक्रम गरेको छ । 

 

 

आइतबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापसँगको समन्वयमा जिप्रकामा रक्तदान गरेको जिप्रका रामेछापले जनाएको छ । 

 

 

जसमा नेपाल प्रहरी श्रीमती संघका सदस्य, प्रहरी कर्मचारीहरू १५ जना र अन्य ३ जना गरी १८ जनाले रक्तदान गरेको जिप्रकाले जानकारी दिएको हो ।