शिक्षक र विद्यार्थी आँखा पाक्ने रोगबाट ग्रसित भएपछि मन्थली मावि आइतबार सम्म बन्द

| साउन २८, २०८० आइतबार

मन्थली मावि तस्बिर फाइल
A A A
A A A

२८ साउन, रामेछाप । आँखा पाक्ने रोगको संक्रमण तीव्र बढेपछि मन्थली माद्यामिक विद्यालयले पनि पठनपाठन बन्द गरेको छ । जिल्लामा सबै भन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको यो विद्यालयले साउन भरी विद्यालय बन्द गरेको हो । 

 

विद्यालयका निमित्त प्रधानाध्यापक चन्द्रसिंह धामीले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार विद्यालयका ४० प्रतिशत शिक्षक र शिक्षिकालाई समेत यो संक्रमणले सताएपछि भदौ १ गतेदेखि पठनपाठन गर्ने गरी विद्यालय बन्द गरिएको हो । 

 

निमित्त प्रअ धामीले रामेछाप टाइम्ससंग भने ‘समग्रमा ४० प्रतिशत विद्यार्थी र शिक्षक ४० प्रतिशतमा संक्रमणदेखियो त्यसैले भोलिदेखि लागू हुने गरी ५ दिन बिदा दिइएको छ’ उनले थपे ‘आज सामान्य पठनपाठन भयो अब आइतबार देखि पठनपाठन गर्ने गरी बन्द गरेका हौं ।’

 

उनका अनुसार विद्यालयका १ हजार ३ सय मध्ये ४ सय भन्दा धेरै छात्रछात्राहरूमा आँखा पाक्ने संक्रमण भएको छ । शिक्षक धामीले भने ‘विद्यार्थी त जसो तसो आएकै थिए । शिक्षकलाई समेत ग्रसित पारेपछि बिदा दिएका हौं ।’

 

 

जिल्ला सदरमुकामका निजी विद्यालयहरूले पनि भोलि देखि लागू हुने गरी ३१ गतेसम्मको लागि बिदा दिएका थिए । केही दिन यता भाइरल आँखा पाक्ने संक्रमण जिल्लामा फैलिइएको छ ।