नेपाली काँग्रेस रामेछापले प्रशिक्षण विभागमा सदस्य थप्यो, भदौ दोस्रो हप्तादेखि प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्दै

| साउन ३१, २०८० बिहिबार

लेखबहादुर कार्की प्रशिक्षण विभाग प्रमुख । तस्बिर फाइल ।
A A A
A A A

३२ साउन, रामेछाप । नेपाली काँग्रेस रामेछापले भदौको दोस्रो हप्ता देखि प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । यो तालिमले प्रशिक्षक उत्पादन गर्ने यो यसरी उत्पादन भएका प्रशिक्षकले वडा तहमा प्रशिक्षण दिन सक्ने बनाउने तयारी थालेको नेपाली काँग्रेस रामेछापले जनाएको छ । 

 

बुधवार जिल्ला पार्टी उपसभापति एवं बागमती प्रदेश प्रशिक्षण विभागका सदस्य समेत रहेका लेखबहादुर कार्कीले रामेछाप टाइम्सलाई बताए अनुसार ‘अब भदौको दोस्रो हप्तादेखि ५ दिन प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै छ ।’

 

बुधवारै जिल्ला प्रशिक्षण समितिले विस्तार गर्दै यसलाई थप चुस्त पारी तल्लो तहसम्म प्रशिक्षण गरी पाटीका कमिटीलाई थप सक्रिय बनाउन लागि परेको उपसभापति कार्कीले जानकारी दिए । 

 

केही दिन अगाडि सकिएको पार्टीको ‘आन्तरिक विशेष अभियान’मा तल्लो तह सम्मै पार्टीलाई सक्रिय बनाउने गरी पार्टीका गतिविधि अगाडि बढाउनेमा सबै नेताहरूले ध्यानाकर्षण गरेका थिए ।

 

सोही अनुसार प्रशिक्षण विभागलाई ९ सदस्यीय समितिमा २ जना पदेन सदस्यीय थप गरी ११ जना पुराउँदै यसलाई थप सक्रिय बनाउन लागि परेको प्रशिक्षण प्रमुख एवं उपसभापति कार्कीले जानकारी दिए । 

 

को-को छन् प्रशिक्षक विभागमा हेर्नुहोस् ।