रामेछापको दोरम्बा आएर प्रधानमन्त्री प्रचण्डले भने ‘दोरम्बा वीरता र बलिदानको प्रतीक हो’ (भिडिओ)
३२ साउन, रामेछाप । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोरम्बा सैलुङ वीरता र बलिदानको प्रतीक भएको बताएका छन् । उनले भने ‘यो ठाउँ देशभरि मात्रै हैन संसार भर परिचित ठाउँ हो । यो वीरता र बलिदानको प्रतीक हो, प्रचण्डले भने ‘संयुक्त राष्ट्र संघले पनि ‘दोरम्बा हत्याकाण्ड’लाई एउटा भयानक हत्याकाण्ड, आपराधिक हत्याकाण्ड भनेको छ । शान्ति वार्ता चलिरहेको बेलामा शान्ति भंग गर्ने उद्देश्यले घटना घटाइयो ।’
रामेछापको दोरम्बा शैलुङ्को डाँडाकटेरीमा बिहीबार २० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री दाहालले गठबन्धन एक ढिक्का रहेको भन्दै बाहिर केही तत्त्वहरूले भ्रम छरिरहेकाले त्यसमा विश्वास नगर्न आग्रह गरे । ‘गठबन्धनमा अहिले राम्रो सहमति छ । कहिले काहीँ केही मान्छेहरू । जसलाई शुसान, सामाजिकन्या र समृद्धिको महायात्रा मन परेको छैन । उनीहरूले विभिन्न किसिमका भ्रम छर्ने गरेका छन् । त्यसमा नलाग्न म, अपिल गर्न चाहन्छु ।’
प्रचण्डले शुसान, सामाजिक न्याय र समृद्धिको महायात्रामा जनतासँग मिलेर सङ्घीयता र समानुपातिकताको पक्षमा लागि रहेको स्पष्ट पारे ।
साथै नेकपा माओवादी केन्द्रले घोषणा गरेको ३ महिनामा पार्टी अभियान बारेमा बताउँदै ‘नयाँ आउँदो ३ महिनामा पार्टी केही राम्रो हुन्छ । अर्को ३ महिनामा थप बलियो हुन्छ, अध्यक्ष प्रचण्डले भने ‘हाम्रो पार्टी फेरी जिवनत पार्टीको रूपमा आउँछ र निर्वाचन सम्म आउँदा २०६४ मा जहाँ थियौँ । त्यो भन्दा माथि हुन्छौँ ।’
प्रचण्डले थपे ‘अहिले नभए कहिले हुन्छ । योजना, भिजन, कार्यक्रम, नेतृत्व छ । सरकार छ हामीसँग अव माओवादीले सोचेको देश बन्छ ।’
उनले सरकार सुशासन र भ्रष्ट्राचारको विरुद्धमा दृढ भएर लागेकाले सबै ले साथ दिन अपिल गरे ।
बाँकि भिडिओमा हेर्नुहोस् ।