जिल्ला कारागार रामेछापमा कैद भुक्तान गरिरहेका उमाकुण्ड-६ का वृद्धको निधन

| भदौ ५, २०८० मंगलबार

सांकेतिक तस्बिर ।
A A A
A A A

५ भदौ, रामेछाप । जिल्ला कारागार रामेछापका एक कैदीको मृत्यु भएको छ । बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका उमाकुण्ड गाउँपालिका वडा नं ६ गुप्तेश्वरका ८४ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला कारागार रामेछापले जनाएको छ । 

 

बाथरुममा सोमबार साँझ लडेर घाइते भएका वृद्धलाई उपचारको लागि जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा निधन भएको जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख रूपलाल तामाङले जानकारी दिए । 

 

 

उच्च रक्तचाप र प्यारालाइसिस समेत पीडित वृद्ध नियमित औषधि सेवन गर्दै आएका थिए । उनी जबरजस्ती करणी मुद्दामा कारागार चलान भएका थिए । 

 

 

मृतक वृद्ध कैदीको शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल रामेछापमा राखिएको अस्पतालले जनाएको छ ।