नागदहमा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते

| भदौ ६, २०८० बुधबार

फाइल फोटो ।
A A A
A A A

६ भदौ, रामेछाप । लिखु तामाकोशी गाउँपालिका–५ नागदहमा ट्याक्टर दुर्घटना हुँदा चालक र सह-चालक घाइते भएका छन् । 

 

घाइते हुनेमा जिल्लाकै मन्थली नगरपालिका–१ मन्थली बस्ने २४ वर्षीय ट्याक्टर चालक विशेष नेपाली र रामेछाप नगरपालिका–८ रामेछाप डाँडा बस्ने १८ वर्षीय सह–चालक अनुराग भुजेल रहेका छन् । घाइते नेपाली (चालक) को टाउको र ढाडमा चोट लागेको छ । भने, सह–चालकको दाहिने हात ठोकिएको इलाका प्रहरी चौकी धोबीले जनाएको छ । 

 

गए राति ८ : ४५ बजे सदरमुकाम मन्थलीबाट मिक्स्चर लिएर धोबी डाँडा तर्फ जाँदै गरेको ना १ त ७३२० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी रञ्जन गिरीले जानकारी दिए । 

 

घाइते दुवै जनाको इलाका प्रहरी चौकी धोबीबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी उपचारको लागि मन्थली ल्याइएको छ ।