घरको आँगनबाट लडेर लिखु तामाकोशी–४ मा ४५ वर्षीय सरिता तामाङको ज्यान गयो

| भदौ ७, २०८० बिहिबार

फाइल फोटो ।
A A A
A A A

७ भदौ, रामेछाप । लिखु तामाकोशी गाउँपालिका–४ बिजुलीकोटमा घरको आँगनबाट लडेर महिलाको ज्यान गएको छ ।

 

बुधवार राति चिप्लिए आँगनमा लडेकी ४५ वर्षीय सरिता तामाङको घटनास्थलमै  ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

आँगनमा लडेर टाउकोमा चोट लागेकी तामाङको ज्यान गएको प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवं प्रवक्ता रञ्जन गिरीले जानकारी दिए । 

 

घटनाबारे थप अनुसन्धान भइरहेको गिरीले बताए ।