रामेछापको मन्थलीमा पहिलो पटक वैदेशिक भाषाको पढाइ सुरु

| भदौ ८, २०८० शुक्रबार

A A A
A A A

८ भदौ, रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा पहिलो पटक आधिकारिक रूपमा वैदेशिक भाषाको पढाइ सुरु भएको छ । यस अगाडि भाषा पढ्नको लागि राजधानी लगायतका ठाउँमा धाउनु पर्ने बाध्यता थियो । तर, बिहीबारदेखि पहिलो पटक औपचारिक रूपमा जापानी, कोरियन लगायतका भाषा पढाउन सुरु भएको हो । 

 

क्रियटिभ एडु हब प्रा.लि वैदेशिक रोजगारीमा जानेहरूको लागि सहजता प्रदान गर्नको लागि भाषा कक्षा सुरु गरेको सञ्चालक कुमार श्रेष्ठले बताए । ‘सकेसम्म विदेश नजौं जानै परे भाषा सिकेर जाऊँ भन्ने उद्देश्यले सञ्चालनमा ल्याएका हौँ । यहाँबाट वैदेशिक रोजगारीका भाषा, टिके र प्रोसेसिङ् समेतको कामको सहजता गरिन् ।’

 

केही जिल्ला बासीकै संयुक्त टिममा सुरु गरिएको यो प्रा.लिबाट जापान, युके, अस्ट्रेलिया, क्यानडा, युरोप र अमेरिका लगायतका देशमा जानेहरूको लागि सहजता प्रदान गर्ने उनले बताए । 

 

विगतमा पनि कसै कसैले सञ्चालन गरे भन्ने सुनियो । तर, आधिकारी रूपमा दर्ता र अनुमति लिएर हामी पहिलो पटक सञ्चालित भएका हौँ अर्का सञ्चालक सुन्दर घिमिरेले भने । 

 

भाषा पढ्नकै लागि भनेर कोठा भाडामा लिएर काठमाडौँ बस्नु पर्ने बाध्यता हटाउनको लागि सञ्चालनमा ल्याएको बताउँदै यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने घिमिरे बताए । ‘घरकै खाना खाएर पढ्न सक्छन् । सस्तो र सहजता पनि हुन्छ ।’

 

 

बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठको उपस्थितिमा बिहीबार बिहान औपचारिक रूपमा सेवा सुचारु भएको हो ।