मन्थली नगरपालिकाले माझी समुदायलाई दियो ‘बाजासेट’

| भदौ ९, २०८० शनिबार

A A A
A A A

९ भदौ, रामेछाप । मन्थली नगरपालिकाले माझी समुदायलाई पनि उनीहरूको ‘मुख्य बाजा सेट’ का सामाग्री प्रदान गरेको छ । यस अगाडि पनि नगरपालिकाले नेवार समुदायलाई बाजा सेट  प्रदान गरेको थियो । 

 

शनिवार मन्थली स्थित गुम्बा हलमा भएको नगरको पहिलो अधिवेशनको अवसरमा नगरपालिका प्रमुख लव श्रेष्ठ र उपप्रमुख ईश्वरी बस्नेतले नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति रामेछापको समन्वयमा माझी समुदायलाई बाजा सेटका सामाग्री ढोल, मादल र झ्याल प्रदान गरेको नेपाल माझी उत्थान संघ रामेछाप–काठमाडौँ सम्पर्क समाज समितिका अध्यक्ष बालकृष्ण माझीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

नगरपालिकाले ५ लाख लागत बराबरको उक्त सामाग्री हस्तान्तरण गरेको अध्यक्ष माझीले बताएका हुन् । उनका अनुसार संघको वडा समिति अन्तर्गत रहने गरी ती सामाग्री नगर प्रमुख लव श्रेष्ठ र उपप्रमुख बस्नेत र प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

टोल अनुसार प्राप्त गरेको सामाग्रीहरू 

जखनिटारमा-३ सेट

करम्बोटमा-१ सेट 

गाई खुरामा-२ सेट

ओडारमा-२ सेट

मुगिटारमा-२ 

माथिल्लो भटौली-२

तल्लो भटौली-२ 

मन्थली-३ सेट

कुनौरी-३ सेट 

हात्तिटार-३ सेट,

मसान्टार-१ सेट, 

सेलेघाट-२ 

लुबुघाट २