ग्यास लिक् भएर आगाेलाग्दा रामेछापको नाटिलामा वृद्ध दाम्पती घाइते, काठमाडौं लगियो

| भदौ ९, २०८० शनिबार

फाइल फोटो
A A A
A A A

९ भदौ, रामेछाप । खाजा पकाउने क्रममा ग्यास लिक भएर आगाेलागि हुँदा मन्थली -११ गेलुमा श्रीमान श्रीमती घाइते भएका छन् ।  


घाइते हुनेमा नाटिलाका ७८ वर्षीय जनक श्रेष्ठ र साेही उमेरकी उनकी श्रीमती माेतिमाया श्रेष्ठ हुन् । गत शुक्रबार दिउँसो ३ बजेको समयमा घरमा खाजा पकाउने क्रममा ग्यास लिक भएर आगाेलागि हुँदा शरीरमा पाेल्दा उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका (इन्सपेक्टर) रञ्जन गिरीले जानकारी दिए । 


घाइतेहरुलाई साेही दिन उद्दार गरि उपचारको लागि काठमाडौंकाे ट्रमा सेन्टरमा पठाइएको थियाे । शनिबार ट्रमा सेन्टरले दुवै जनालाई थप उपचारको लागि प्लास्टिक सर्जरी अस्पताल किर्तिपुरमा रेफर गरेकाे जिल्ला प्रहरी रामेछापका प्रवक्ता गिरीले जानकारी दिएका हुन् । 

 

आगाेलागिमा परेका दुवैको अवस्था सामान्य रहेको जानकारी गराइएको छ । ग्यास लिक भई आगाे लाग्दा वृद्धवृद्धा श्रेष्ठ दाम्पतिकाे घरमा आंशिक क्षती पुगेको छ ।