दाेरम्बा शैलुङ गाउँपालिका-२ मा गाडी दुर्घटनाः चालकसहित ५ जना घाइते,२ काे अवस्था गम्भीर

| भदौ ११, २०८० सोमबार

फाइल फोटो
A A A
A A A

११ भदौ, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका वडा नं-२ सिस्नेरीमा निशान गाडी दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् । घाइते २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।


साेही ठाउँको बाेदलडाँडा तर्फबाट वडा नं २ घट्टेखोलामा निमार्णधिन पुलकाे रड लिएर आउदै गरेको बा ५ ख ४०३८ नम्बरको निशान गाडी दुर्घटनामा गाडीका चालक साेही वडा बस्ने अन्दाजी ३२ वर्षीय युनिक पाठक, साेही ठाउँका अन्दाजी ३७ वर्षीय धुर्व पाठक,३५ वर्षीय कुमार बसेल,२६ वर्षीय कुमार योन्जन र ४६ वर्षीय रामशरण तामाङ घाइते भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 


घाइते मध्ये चालक युनिक पाठक र ध्रुव पाठक बेहोस अवस्थामा रहेका छन् । भने, बसेल, याेञ्जन र तामाङकाे शरीरका विभिन्न भागमा चाेट लागकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन गिरीले जानकारी दिए । घाइते ३ जनाको अवस्था मध्य रहेको प्रवक्ता गिरीले बताए । 

 

साेमबार साँझ ६ :३० बजे गाडी आफै अनियन्त्रित भएर सडकबाट २०० मिटर तल खसेकाे बताइएकाे छ । 

 

घाइतेहरुलाई ईलाका प्रहरी कार्यालय टोकरपुरबाट खटिएको ६ जनाको टोलीले उद्दार गरी उपचारको लागी काठमाण्डौ तर्फ पठाईएको जिप्रका रामेछापले जनाएको हाे ।