लिखु नदीले पूर्ण रुपमा कटान गरेको किञ्जा–गुम्देल सडक मर्मत सुरु (फोटोफिचर)

| भदौ १२, २०८० मंगलबार

A A A
A A A

१२ भदौ, रामेछाप । लिखु नदीले सडक कटान गर्दा गत शुक्रवार देखि अवरुद्ध किञ्जा–गुम्देल सडक आज (मंगलबार) देखि सुचारु गर्ने गरी निर्माणको काम अगाडि थालिएको छ । लिखु नदीमा आएको वर्षा सहितको बाढीले नदी छेउको सडक पूर्ण रूपमा बगाएपछि उमाकुण्ड गाउँपालिका वडा नं २ ठाडो खोला हुँदै सोलु खुम्बु जिल्लाको लिखु पिके गाउँपालिका वडा नं ५ को किञ्जा हुँदै उमाकुण्ड १ गुम्देल जाडे सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । 

 

मंगलबार एम् भी दुगर्ड हाइड्रोपावर कम्पनीका दुई वटा जेसिबीले पहिरो बगेको ठाउँमा पन्छाएर ट्याक निर्माण गर्न थालेको प्रहरी चौकी किञ्जाका प्रहरी जवान दिवस दर्नलाले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘हाइड्रोका जेसिबीले निर्माणको काम अगाडि बढाएको छ । माथिबाट नबगेमा बेलका सम्म सञ्चालनमा आउँछ कि ।’

 

बाढीले बगाएको सडक खोलैबाट जेसिबिले ठुला ठुला ढुङ्गा हालेर ट्याक मिलाएर सडक बनाउन थालिएको हो । सडक बगाएपछि सो क्षेत्रमा निर्माणाधीन लिखु जलविद्युत आयोजना सहित अन्य आयोजनाको काममा समेत असर परेको थियो । भने, उमाकुण्डको गुम्देल र लिखु पिकेको भकाञ्जे, छिरिङ खर्च र लाम्जुरा जाने स्थानीय बढी प्रभावित भएका थिए । 

 

निरन्तरको वर्षासँगै आएको भीषण बाढीले सो क्षेत्रको सडकसँगै नदी आसपासको केही घरहरू समेत जोखिममा पारेको छ । 

 

तस्बिरहरु हेर्नुहोस्