लिखु खोलामा आएको बाढीले गुम्देल–किञ्जा जोड्ने सडक पूर्ण रूपमा बगायो, जल विद्युत् आयोजनाको काम र स्थानीय प्रभावित

| भदौ ९, २०८० शनिबार

ठाडो खोला हुँदै किञ्जा जाने सडक । ठाडो खोला बजार उमाकुण्ड गाउँपालिका-१, गुम्देल, तस्बिर मिलन घिमिरे /रामेछाप टाइम्स ।
A A A
A A A

९ भदौ, रामेछाप । केही दिन यताको अविरल वर्षा सहितको  लिखु नदीमा आएको भीषण बाढीले सडक पूर्ण रूपमा कटान गरेपछि किञ्जा–गुम्देल सडक अवरुद्ध भएको छ । 

 

 

जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डार–ठाडो खोला भएर सोलु खुम्बु जिल्लाको लिखु पिके गाउँपालिकाको किञ्जा बजार हुँदै रामेछापको गुम्देल जोड्ने कच्ची सडक लिखु नदीले गए राति पूर्ण रूपमा कटान गरेपछि सडक पूर्ण अवरुद्ध भएको गुम्देलका वडा अध्यक्ष ङातिण्डू शेर्पाले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । खोलो सडक तर्फ फर्केर सबै कटान गरेको हो ।’

 

कच्ची सडक नदीले कटान गरेपछि राजधानी लगायतका ठाउँबाट जिल्लाको उत्तरी भेग गुम्देल पुग्ने छोटो र सहज सडक पहुँचबाट सम्पर्क टुटेको हो । अब सडक नबन्दा सम्म गुम्देल पुग्ने यात्रुले लामो र उच्च पहाडी (माथिल्लो भेग) को सडक देउराली–सेर्दिङ–च्याउँके–तेछिम भएर यात्रा गर्नु पर्ने छ । 

 

गएरातिको बाढी किञ्जा बजार नजिकै सडक पूर्ण कटान गरेपछि स्थानीय सहित निर्माणाधीन जल विद्युत् आयोजनालाई समेत असर परेको किञ्जा प्रहरी चौकीका प्रहरी जवान दिवस दर्नलाले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘

किञ्जा बजारबाट केही माथि सडक बगाएको हो । माथि तिर खन्न मिल्दैन पहिरो जान सक्छ । बग्छ । खोलाबाटै वाल उठाएर सडक बनाउनु पर्छ । समय लाग्ला’ प्रहरी जवानले थपे ‘आयोजनालाई पनि असर परेको छ केही खुलाउन पहल हुन्छ ।’

 

नदीले सडक बगाएपछि आयोजनाको सुरुङ मार्ग र लिखु जल विद्युत् आयोजनाको ड्याम साइड्संगको समेत सम्पर्क टुटेको छ । यसले आयोजनाको काम प्रभावित भएको छ । 

 

निरन्तरको वर्षाले ठाउँ ठाउँमा पहिरो खसेर थप समस्या भएको स्थानीयहरूको भनाई छ । किञ्जासंग सडक सम्पर्क टुटेपछि गुम्देलबासी अब लामो दूरी भएर थप बिग्रिएको कच्ची सडक मार्फत यात्रा गर्न बाध्य भएका छन् । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));