मन्थलीमा बोलेर दुर्घटना : चालकसहित २ घाइते, एकको अवस्था चिन्ताजनक
तस्बिर स्रोत जयराम मानन्धर ।
२६ भदौ, रामेछाप । मन्थली स्थित सुकाजोर खोला नजिकै भएको बोलेर दुर्घटनामा परी चालकसहित दुई जना घाइते भएका छन् । एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
जिप्रका रामेछापका सूचना अधिकारी कमल राउतका अनुसार रामेछाप डाँडाबाट मन्थली आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च ४९१३ नम्बरको बोलेर दुर्घटना हुँदा बोलेरोमा सवार दुई जना घाइते भएका हुन् । नाम नखुलेका एक जना गम्भीर घाइतेलाई प्रहरीले उद्दार गरी मन्थली अस्पताल ल्याएको छ । उनको अवस्था चिन्ता जनक रहेको प्रत्यक्ष दर्शीको भनाई छ ।
स्रोतका अनुसार चरिकोट बाट मन्थली हुँदै रामेछाप पुगेर मन्थली फर्किँदै गरेको गाडी रामेछाप नगरपालिका वडा ८, बिटार पार्क नजिकै पर्ने मन्थली नगरपालिका–५ सुनारपानी पट्टी सिधा सडकमा दुर्घटनामा परेको घटनास्थलबाट प्रत्यक्षदर्शी जयराम मानन्धरले रामेछाप टाइम्सलाई बताए ।
‘एक जनाको अवस्था ठिकै छ । अर्का एकको अवस्था चिन्ता जनक छ उहाँको टाउकोबाट धेरै रगत बगेको छ’, जयरामले रामेछाप टाइम्ससंग भने ।

घाइते दुवैको उद्दार गरी ल्याइएको छ । सामान्य घाइतेको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको बुझिएको छ । अस्पतालबाट गम्भीर घाइते एकको बारेमा थप कुनै प्रतिक्रिया नआएको अस्पतालबाट रुद्र श्रेष्ठले रामेछाप टाइम्ससंग बताए ।
