रामेछापकोमा १६ वर्षीय नाबालिकालाई जबरजस्ती गर्ने ३० वर्षे विवाहित पुरुष पक्राउ

| भदौ १३, २०८३ शनिबार

एआइबाट जेनेरिट सांकेतिक तस्बिर ।
A A A
A A A

१३ भदौ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा १६ वर्षीय नाबालिका सुतिरहेको घरमा जबरजस्ती प्रवेश गरी जबरजस्ती करणी गर्ने एक ३० वर्षे विवाहित पुरुषलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपी ती पुरुषको गोपनितालाई ध्यानमा राख्दै रामेछाप प्रहरीले विस्तृत विवरण सार्वजनिक नगर्ने योजना बनाएको बुझिएको छ ।  

 

पक्राउ पर्नेमा जिल्लाको गोकुलगंगा गाउँपालिकाका पेमनिमा शेर्पा रहेका छन् । ३० वर्षीय शेर्पाले गएको साउन २७ गते नाबालिका सुतिरहेको घरमा प्रवेश गरी सोही पालिकाकी नाबालिकामाथि जबरजस्ती करणी गरी फरार भएका थिए । आरोपी शेर्पालाई १६ दिन पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो ।  

 

यसरी फरार भएका शेर्पालाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको विशेष प्रहरी टोली र ठोसे स्थित प्रहरीको टोलीले संयुक्त प्रयासमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिनु भयो । 

 

पछिल्लो पटक दुई नाबालकले ३ वर्षीय नाबालिकाको जबरजस्ती करणी गरी हत्या गरेको घटनाका आरोपी नाबालकको बयानको भिडिओ नै सार्वजनिक भएपछि गोपनीयतालाई थप ध्यानमा राख्दै आरोपीको समेत गोपनीयतालाई ध्यानमा राखिएको बुझिएको छ । 

 

देश यति बेला रसुवामा आएको विनाशकारी बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिले शोकमा छ। उद्धार, राहत र बेपत्ताको खोजीमा राज्यका संयन्त्र तथा नागरिक समाज जुटिरहेका बेला समाजमा हुने यस्ता आपराधिक मानसिकता बोकेका व्यक्तिहरूको कारण थप पीडित र निराशालाई बढवा दिई रहेको अवस्था छ । 

 

रामेछापमा चालु आर्थिक वर्ष २०८३/०८४ लागेपछि मात्रै ६० वर्ष वृद्धा देखि नाबालिकामाथि हुने जबरजस्ती करणीका घटना बढ्दै गएको छ । रसुवा बाढी अगाडि मात्रै बाराको सिमरामा ३ वर्षीय नाबालिकाको बलात्कार पछि भएको हत्याको कारण बलात्कारीलाई फाँसीको सजाय दिनु पर्ने सम्मको मागसहित चौतर्फी आन्दोलन भइरहेको थियो । सदन देखि सडक सम्म जबरजस्ती करणीको घटनालाई लिएर कडा सजायको व्यवस्था हुने कानुन निर्माण गरी कारबाही गर्नु पर्ने माग उठेको थियो । 

 

जनगुनासो पछि शिवालय प्रहरीको ठाउँमा ठोसे प्रहरी लेखिएको हो । सम्पादक 

रामेछाप टाइम्स
| साउन २०, २०८३ बुधबार