कमेरो खन्ने क्रममा ढिस्कोले पुर्दा बिजुलीकोमा एक पुरुषको मृत्यु
AI को सहयोगमा बनाइएको सांकेतिक तस्बिर ।
२०, असोज, रामेछाप । रामेछापको बिजुलीकोमा कमेरो माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । सोमबार लिखु तामाकोशी गाउँपालिका –०४ बिजुलीकोट बस्ने ३४ वर्षीय सोमबहादुर महत कमेरो माटो खन्न घरबाट निस्किएका थिए । दिउँसो ३ बजेसम्म पनि घर नफर्किएपछि उनको खोजी कार्य सुरु गरिएको थियो ।
खोजीका क्रममा आज दिउँसो १२ः३० बजेको समयमा उनलाई कमेरो खन्ने स्थानमा ढिस्को खसेको र उक्त ढिस्को पन्छाउने क्रममा उनलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको हो ।
दसैँ नजिकिएसँगै घरमा कमेरो छ्याप्न काम सुरु भएको छ । गाउँमा रहेका पुराना घरहरूमा कमेरो छ्याप्ने परम्परा छ । पछिल्लो समय पुराना घरहरु लोप हुँदै गएसंगै कमेरो छ्याप्ने परम्परा पनि हराउँदै गएको छ ।
