जेन–जी आन्दोलनका बेला प्रहरी हिरासतबाट फरार भएका व्यक्ति रामेछापमा जबरजस्ती करणी मुद्दामा पक्राउ
०९ भदौ, रामेछाप । जेन–जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट फरार भएका व्यक्ति रामेछापमा ६१ वर्षीय वृद्धालाई जबरजस्ती करणी गरेको मुद्दामा पक्राउ, चोरीपछि करणी गरेको तथ्य भेटियो
रामेछापमा जेन–जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट फरार भएका एक व्यक्ति जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् । २०८२ भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा चोरी मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पकली, सुनसरीको हिरासतबाट फरार भएका प्रेम बिसुंखे ६१ वर्षीय वृद्धालाई जबरजस्ती करणी गरेको मुद्दामा पुनः पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो ।
प्रहरीका अनुसार रामेछापको हिमगंगामा ६१ वर्षीय वृद्धामाथि जबरजस्ती करणी गर्ने ती नै प्रेम भएको पुष्टि भएको हो । लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका २१ वर्षीय बिसुंखेले ती वृद्धामाथि जबरजस्ती करणी गरेर फरार भएका थिए । पछि खोजतलास गर्दै जाँदा प्रहरीले तिलवारिबाटै कोही नबस्ने घरबाट नियन्त्रणमा लिइएर अनुसन्धान गर्दा उनी जेन्जी आन्दोलनमा कारागारबाट फरार भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिनुभयो ।
बिसुन्खेलाई २०८३ जेठ ३ गते दिउँसो करिब २ बजे रामेछाप नगरपालिका–८, तिलबारीमा लुकीछिपी बसेको अवस्थामा फेला पारिएको थियो ।
रामेछापमा पनि जेन्जी आन्दोलनको क्रममा रामेछाप कारागारबाट केही कैदी फरार हुन खोजेपछि गोली चलेको थियो । उक्त घटनामा सेनाको गोल लागेर एक जनाको ज्यान गएको थियो भने केही घाइते भएका थिए । तर, रामेछाप कारागारबाट भने कैदी फरार हुन भने सकेका थिएनन् ।
