एमाले निकट नेपाल निर्माण उद्योग परिषद् रामेछापको संयोजकमा कृष्ण थापा मगर मनोनीत

१२ भदौ, रामेछाप । नेपाल निर्माण उद्योग परिषद् रामेछापको जिल्ला संयोजकमा कृष्ण थापा मगर चयन भएका छन् । मंगलबार आज परिषद्का केन्द्रीय अध्यक्ष खोपनिधी लोहनीले एक पत्र मार्फत थापा मगरलाई जिल्ला संयोजक मनोनीत गरेको जानकारी गराएका हुन् ।
नेकपा एमाले निकट परिषद्को सदस्यमा कर्ण बहादुर तामाङ, पर्वत कुमार वि.क, फत्तबहादुर बस्नेत, हरि माझी, रामबाबु घिमिरे, साजन सिवाकोटीलाई आउँदो असोज १५ गते भित्र जिल्ला कमिटी विस्तार गर्ने जिम्मेवारी सहित मनोनीत गरिएको पत्रमा उल्लेख गरिएको छ ।
जिल्लाको समन्वय कमिटीमा मनोनीत गरेको ब्यहोरा जानकारी गर्दै भनिएको छ ‘नेकपा (एमाले) सँग आबद्ध रहेका निर्माण व्यवसायीहरूको सक्रिय सहभागितामा जिल्ला विस्तार एवं गठन प्रक्रिया सम्पन्न गरी केन्द्रीय कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।’