रास्वपा रामेछापः शनिबार सुनापति, खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकाको गाल्पा बजारमा संयुक्त भेला

| भदौ १३, २०८० बुधबार

A A A
A A A

१३ भदौ, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापले संगठन विस्तार गर्न ३ पालिकाको संयुक्त पालिका भेला गर्ने भएको छ । यही १६ गते शनिवार सुनापति,खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकाको संयुक्त पालिका भेला तथा संगठन विस्तारको तयारी तीव्र पारिएको रास्वपा रामेछापले जनाएको हो । 

 

आउँदो शनिवार पार्टीका केन्द्रीय उप–सभापति डिपि अर्याल, केन्द्रीय सदस्य सोविता गौतम र रमेश प्रसाईँसहितको उपस्थितिमा तीन पालिकाको समिति विस्तार गर्न लागेको रास्वपा जिल्ला संयोजक एवं बागमती प्रदेश सदस्य रमेश रायमाझीले रामेछाप टाइम्सलाई बताए । अर्याल पूर्व श्रम मन्त्री हुन् भने गौतम सांसद हुन् । त्यस्तै प्रसाईँ प्रखर वक्ताको रूपमा परिचित छन् । 

 

संयोजक रायमाझीले तीनै पालिकावासीलाई पार्टीमा जोडिन र सहभागी हुन आह्वान गरे । ‘त्यसको तयारी भइरहेको छ । पालिका स्तरमा सङ्गठनलाई पूर्णता दिने तयारीमा छौँ । त्यसको लागि सबै सम्पर्कमा छन् ।’

 

तीन पालिकाको वृहत् भेला ऐतिहासिक गाल्पा बजारमा हुने उनले जानकारी दिए । यस अगाडि रास्वपा रामेछापले लिखु तामाकोशी, उमाकुण्ड र गोकुलगंगा गाउँपालिका पालिका स्तरीय समिति विस्तार सकेको थियो । 

 

रास्वपा रामेछापले भदौ भित्र जिल्लाका आठ वटै स्थानीय तहमा संगठन विस्तार गर्ने कार्य योजना सहित संगठन विस्तारमा खटिएको छ ।