मन्थली नगरपालिका–१२ ले जंगलमा ३/४ दिनदेखि अलपत्र बनेका अपरिचित पुरुषको उद्दार गर्‍यो

| भदौ १७, २०८० आइतबार

भेटिएका मान्छे ।
A A A
A A A

१७ भदौ, रामेछाप । मन्थली नगरपालिका वडा नं १२ गेलुले जंगलमा अलपत्र अवस्थामा भेटिएका एक पुरुषको उद्दार गरेको छ । उनको परिचय भने खुलेको छैन । 

 

शनिवार वडाको कनतारे वनमा अलपत्र अवस्थामा अन्दाजी ३५/३६ वर्षीय पुरुषलाई ३/४ दिन दिनदेखि बसेको अवस्थामा स्थानीयहरूले फेला पारेका थिए ।

 

स्थानीयहरूले वडा कार्यालयलाई खबर गरेपछि कार्यवाहक वडा अध्यक्ष नारायण पाण्डेले खिम्ती प्रहरी चौकीमा गरेको सहकार्यबाट अलपत्र पुरुषको प्रहरी टोलीसहितले उद्दार गरेको प्रहरी चौकी खिम्तीका नवराज थापाले रामेछाप टाइम्सलाई बताए । ‘उनको परिचय खुलेको छैन । वडासहितको सहकार्यमा उद्दार गरी मन्थली अस्पताल पठाएका छौँ ।’

 

तराई बासी जस्ता देखिने ती पुरुषको मानसिक अवस्था ठिक नभएको जस्तो देखिएको र उनी नबोलेको प्रत्यक्षदर्शीले जानकारी दिए । 

 

वडा र प्रहरीको संयुक्त प्रयासमा उद्दारपछि, तस्बिर लक्की शंकर (घिमिरे)/रामेछाप टाइम्स