रामेछाप नगरपालिकाको न्यायिक समितिले सबै वडामा ‘मेलमिलाप केन्द्र’ गठन गर्‍यो

| भदौ २६, २०८० मंगलबार

A A A
A A A

२६ भदौ, रामेछाप । रामेछापको रामेछाप नगरपालिकाको न्यायिक समितिले सबै वडामा ‘मेलमिलाप केन्द्र’ गठन गरेको छ । नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक बालकुमारी थापा (कार्की) सहितको समितिको टोलीले ९ वटै वडामा घटेका मेलमिलाप गर्ने सक्ने घटनालाई लक्षित गरेर समिति गठन गरिएको उपप्रमुख कार्कीले रामेछाप टाइम्सलाई बताइन् । ‘वडामै मेलमिलाप गर्न सक्ने खालका घटनालाई अदालत र नगरसम्म धाउन नपरोस् वडा तहमै मिलोस्  । र, जनताले घरदैलो सेवा पाउन भनेर समिति गठन गरेका हौँ ।’ 

 

यही भदौको १७ गते देउरालीबाट सुरु गरिएको समिति गठन  २२ गते सबै वडामा सम्पन्न भएको उपप्रमुख कार्कीले रामेछाप टाइम्सलाई बताइन् । यस अगाडि नगरले एक सूचना जारी गरी प्रत्येक वडा तहमा मेलमिलापको तालिम लिएकाहरू सूचीकृत हुन आह्वान गरेको थियो । जसमा वडाबाट आवेदन दिएर सूचीकृत भएकाहरूलाई वडामा मेलमिलाप गर्न सक्ने अधिकार सहित समितिमा राखेको उपप्रमुख कार्कीले जानकारी गराइन् । 

 

उनका अनुसार यसरी सूचीकृत भएर मेलमिलाप केन्द्रमा आबद्ध सदस्यहरूले वडा तहमा घट्ने घटना घरदैलोमै गएर न्यायोचित हुने गरी समाधान एवं मेलमिलाप गर्ने छन् । यसरी मिलाउन नसक्ने घटना मात्रै माथिल्लो न्यायिक निकायमा सिफारिस हुने छ । 

 

गत वर्षहरूमा वडा अध्यक्षहरूले न्यायिक समितिको कामलाई त्यति प्राथमिकता नदिएको परिस्थितिलाई मध्यनजर गरेर नगरपालिकाको न्यायिक समितिले प्रत्येक वडा अध्यक्षलाई व्यवस्थापकको भूमिकामा जोड्दै समितिको कामलाई थप व्यवस्थित बनाएको छ । ‘हामीले अध्यक्ष र सचिवलाई व्यवस्थापनको जिम्मेवारी सहित समितिको कामलाई चलायमान बनाउने तयारी गरेका हौँ ।’

 

यी हुन् ९ वटै वडाका मेलमिलाप समितिका सदस्य र व्यवस्थापन समिति टिमहरू 

वडा नम्बर १ गोठगाउँका टिम 

शारदा कार्की

खड्ग बहादुर खड्का

बाबुराम कार्की

तोप बहादुर थापा

भरत सापकोटा

सरस्वती खत्री कार्की

पूर्ण बहादुर थापा

वडा नम्बर २ देउराली टिम

अध्यक्ष– निर कुमार श्रेष्ठ

सचिव– सागर पुलामी

शंकर कुमार रोकाया

सीता खड्का

लीला बानियाँ

विमला कार्की खड्का

सानी मैयाँ खड्का खत्री

यशोदा खड्का

राम बहादुर रोका

वडा नम्बर ३ साँघुटार टिम 

अध्यक्ष– दल बहादुर प्रधान

सचिव– प्रेम प्रसाद जैसी

पूर्ण बहादुर महत

उर्मिला थापा

यत्न बहादुर ढकाल

सन्तोष काफ्ले

निल कण्ठ ढकाल

वडा नं ४ हिमगंगा टिम 

अध्यक्ष– कृपा थापा मगर

सचिव– अशोक सुनुवार 

प्रभुराम घिमिरे

भोज बहादुर श्रेष्ठ

दुर्गराम दर्लामी मगर

सुजता सुनुवार

वडा नं ५ रामपुर टिम 

अध्यक्ष– हरिश्चन्द्र श्रेष्ठ

सचिव– यम कुमार कार्की

सुर्जबहादुर श्रेष्ठ

अम्बर बहादुर मगर

जनक लाल श्रेष्ठ

सविन कुमार श्रेष्ठ

हिरालाल मगर

वडा नं ६ ओख्रेनी टिम 

अध्यक्ष– राजेश तामाङ

सचिव– प्रेम कुमारी पहाडी

जय बहादुर बस्नेत

मान कुमार तामाङ

बिन्दा मगर

शर्मिला (घिसिङ) लामा

जित बहादुर मगर

वडा नं ७ सुकाजोर टिम 

अध्यक्ष समीर कार्की

सचिव भागवत कुमार श्रेष्ठ

बर्जबहादुर मगर

तुलसा खड्का कार्की

लाल बहादुर थापा

गोविन्द बहादुर कार्की

रूपा कार्की बस्नेत

निरू थापा

रित बहादुर कार्की

वडा ८ रामेछाप टिम 

अध्यक्ष सन्तोष कुमार तामाङ

सचिव दिपा बराल

साबित्रा देवी कार्की

तिलक कुमारी शाही

हरिश्चन्द्र घिमिरे

ओमकार घिमिरे

रमा तामाङ

वडा नं ९ ल्याङल्याङ टिम 

अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ

सचिव पवित्रा खत्री

नवराज श्रेष्ठ

शोभा थापा

लीला श्रेष्ठ

भवानी श्रेष्ठ

दुर्गा बहादुर श्रेष्ठ

सम्बर बहादुर विश्वकर्मा