अपडेटः सुनापतिमा भएको बस दुर्घटनामा ७ जना घाइते, यी हुन् घाइतेहरू (नामावली)

| भदौ २७, २०८० बुधबार

A A A
A A A

२७ भदौ, रामेछाप । बुधवार आज बिहान सुनापति गाउँपालिका वडा नं ३ भलायखर्कमा भएको यात्रु वाहक बस दुर्घटनामा ७ जना घाइते भएका छन् ।

 

सोही पालिकाको वडा नं २ रजमनटारबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ३ ख ५९६० नम्बरको यात्रुवाहक बस आफै अनियन्त्रित भएर सडकको भित्तामा ठोकिएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

दुर्घटना परेको बसमा २० जना यात्रु मध्ये ७ जना अलि बढी घाइते भएका छन् । 

 

घाइतेहरूको अस्थायी प्रहरी पोस्ट सादीडाँडाबाट खटिएको प्रहरी टोलीले  उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल तर्फ पठाइएको जिप्रकाका सूचना अधिकारी रञ्जन गिरीले जानकारी दिए । उक्त बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

घाइतेहरू 

  1. जिल्ला रामेछाप सुनपाती गा.पा.-२ बस्ने वर्ष ५० की मैच्याङ तामाङको ढाडमा चोट अवस्था मध्यम 
  2. सोही ठाउँ ४ बस्ने वर्ष ६२ को धन ब.तामाङको ढाड र छातीमा चोट अवस्था मध्यम 
  3. सोही ठाउँ ३ बस्ने वर्ष ७० कि शुक्रमाया बि.क.को दाहिने हातमा चोट अवस्था सामान्य 
  4. सोही ठाउँ २ बस्ने वर्ष ६५ कि साँईली तामाङको हात र खुट्टामा चोट अवस्था सामान्य 
  5. सोही ठाउँ ३ बस्ने वर्ष १० को पेम्बा तामाङकोबायाँ छातीमा चोट अवस्था सामान्य 
  6. दोरम्बा शैलुङ गा.पा.५ बस्ने वर्ष ६० को मीन ब.थापामगरको बायाँ हातमा चोट अवस्था सामान्य
  7. दोरम्बा शैलुङ गा.पा ५ बस्ने जमुना बिसंखेको छोरा अं.वर्ष ४ को विश्वास बिसंखेको टाउकोमा ठोक्किएको अवस्था सामान्य