दोरम्बा शैलुङबाट काठमाडौँ हिँडेको बस सुनापतिमा पल्टियो

| भदौ २७, २०८० बुधबार

A A A
A A A

२७ भदौ, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाबाट काठमाडौँ जाँदै गरेको यात्रु वाहक बस दुर्घटना भएको छ । 

 

 

दोरम्बाको रजनटार भन्ने ठाउँबाट काठमाडौँ जाँदै गरेको बा २ खा ५९६० नम्बरको बस सुनापति गाउँपालिका वडा नं ३ स्थित देउसी चौतारा जोड्ने सल्लामा बुधवार बिहान करिब ९ : ३० बजे पल्टिएको हो । दुर्घटना बारे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी लिने काम भइरहेको जनाएको रामेछाप टाइम्सलाई बताएको छ । 

 

 

बसमा करिब २५ जना यात्रु रहेको भनिएको छ । दुर्घटनामा ५ जना घाइते भएको खबर रामेछाप टाइम्सलाई प्राप्त भएको हो । दुर्घटनामा ५ जना सामान्य घाईते भएका छन् भने एक जनाको अवस्था मध्यम रहेको बताइएको छ ।

 

घाइते ३ जनालाई एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको छ । भने बाँकी ३ जनालाई पठाउने तयारी भैई रहेको छ । दुर्घटना के कारणले भएको खुलेको छैन् भने घटना बारे थप जानकारी आउन बाँकी छ ।