नेविसंघ सभापति बुढाथोकीले अनेरास्ववियुलाई शुभकामना दिँदै भने ‘यो व्यवस्था ल्याउन नेविसंघ र अनेरास्ववियुले मिलेर लडेका धेरै उदाहरण छन्’
२९ भदौ, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापका सभापति विनोद बुढाथोकीले सकारात्मक परिवर्तन ल्याउनको लागि नेविसंघ र (अनेरास्ववियु) मिलेर लडेको धेरै उदाहरण एवं इतिहास रहेको बताएका छन् । ‘हामीले हिजो यो देशको सिस्टम र व्यवस्था परिवर्तन गर्न नेविसंघ र अनेरास्ववियु एक भएर लडेको धेरै इतिहास छन्’ सभापति बुढाथोकीले थपे ‘आज हामीले लडेर ल्याएको यो व्यवस्था र इतिहासलाई नचाहाने केही अतिरञ्जित शक्तिहरू । जो यो देशलाई अधोगतिमा धकेल्न खोजिँदै छ । अफवाह फैलाउँदै छन् । ती अतिरञ्जित शक्तिलाई हामी विद्यार्थी सङ्गठनहरूले सकारात्मक परिवर्तनको निम्ति हो भन्न सक्नु पर्छ ।’
शुक्रवारदेखि सुरु भएको नेकपा एमाले निकट (अनेरास्ववियु) रामेछापको प्रथम महोत्सव एवं १३ औँ जिल्ला अधिवेशनमा शुभकामना दिँदै सभापति बुढाथोकीले यस्तो बताएका हुन् । जिल्ला सभापति बुढाथोकीले नेविसंघ र अनेरास्ववियुले रामेछापको विद्यार्थीको हक हितमा गर्न सक्नु पर्नेमा जोड् दिए ।
उनले हातेमालो गर्दै विद्यार्थीको हक अधिकारको लागि स्थानीय तहमा भोग्दै आएको समस्यालाई समेत बुझेर अबको आन्दोलन अगाडि बढ्नु पर्ने धारणा राखे ।
सभापति बुढाथोकीले अनेरास्ववियुको १३ औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व सुजबुज पूर्ण नेतृत्व बनोस् भन्दै ‘कसैको गोटी नभईकन विद्यार्थीको आवाज बोल्न र बोक्न सक्ने नेतृत्व आओस् भने ।’
भिडिओमा हेर्नुहोस्