अन्तर्वार्ताः राज्यलाई भार मात्रै सम्झने हो भने ‘जिसस’ हटाइदिए हुन्छ मैले पनि भनेकी छु– समन्वय प्रमुख खड्का

| असोज १०, २०८० बुधबार

A A A
A A A

आज पनि बेला बेलामा जिल्ला समन्वय समिति –जिसस) को आवश्यकता र यसको भूमिका बारे आम नागरिकले प्रश्न उठाउने गर्छन् । चाहे त्यो सकारात्मक होस् या, नकारात्मक । ‘राज्यको लाखौँ, करडौं खर्चमा चलिरहेको काम नभएको यो (जिसस) को काम छैन, यसलाई खारेज गर्नु पर्छ । यो एक राज्यलाई भार मात्रै हो भन्ने पनि आवाज सुनिन्छन् ।’ 

यस्तै आलोचना र आवश्यकता दुवैको अल्झन कै बिचमा बहस भइरहेको परिस्थितिमै ‘२०७९ जेठ २९ गते’ रामेछाप जिल्लाको इतिहासमै पहिलो पटक महिला समन्वय प्रमुख निर्वाचित भइन् चिना खड्का (कार्की) । एक वर्ष ३ महिना पूरा हुँदा समन्वय प्रमुखको रूपमा उनी नेतृत्वको (जिसस)  के–के गर्दै छ त १ आगामी दिनमा के गर्ने योजनामा छिन् ? कि पुरुष प्रधान भनिएको समाजमा महिला प्रमुख भएर काम गर्नै नसकेर यस्तै–उस्तै कुरामा रुमल्लिएकी हुन् त ?

 

यी नै प्रश्नहरू सहित रामेछाप टाइम्सकर्मी मिलन घिमिरे (बिक) ले जिल्ला समन्वय (जिसस) प्रमुख चिना खड्का (कार्की) सँग गरेको कुराकानीको सम्पादित अन्तर्वार्ता:

 

  1. तपाई नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट (जिसस) प्रमुखमा निर्वाचित हुनु भयो । जेठ ३०, २०७९ बाट कार्यभार सम्हाल्नु भयो । एक वर्ष ३ महिना पूरा हुँदा सम्म (जिसस) प्रमुखको हैसिएतले के–के गर्नु भयो ? र, के गर्दै हुनुहुन्छ ?
    उनकै शब्दमाः प्रश्नको लागि धन्यवाद ! विशेष गरी जिल्ला भित्रका महिलाको कुरा र विकासको कुरा गर्दा सबैसँग समन्वय गरेर अगाडि बढ्नु पर्छ । त्यसमा पनि म, महिलाले मात्रै महिलाको लागि नेतृत्व गर्नु पर्छ भन्ने मान्दिन । त्यसो छैन । म, नेपाली काँग्रेस पार्टीबाट प्रमुखमा निर्वाचित भएकी हुँ । तर, मैले पार्टीका महिला, पुरुषको लागि । दलको लागि मात्रै काम गर्ने हैन । गरेकी पनि छैन । कुनै दल, पार्टीको लागि हैन समग्र जिल्ला बासीको नेतृत्व गर्नु पर्छ । मैले कसैलाई झुकाएर, आश्वासन दिएर हैन सबैलाई समेटेर अगाडि बढ्नु पर्छ । म, यहाँको ६४ वटै वडामा पुगेकी छु । त्यहाँ पुग्दै गर्दा धेरै कुराहरूको कठिनाइ देखेकी छु । केही न केही समस्या छन् । महिलाहरूका समस्या छन् । विकासमा समस्या छ । 

    यी कमी कमजोरीलाई बुझेर स्थानीय सरकारले प्रत्येक वडा र गाउँपालिकाहरूलाई हामीले खबरदारी र ध्यानाकर्षण गर्ने काम गर्दैछौं । समाजको कमी कमजोरी देखेको छु ती कमजोरीलाई सुधार्नको लागि अहिले प्रत्येक स्थानीय तहहरूसँग सहकार्य र समन्वय गरेर अगाडि बढिरहेको छु । त्यो क्रम अझै बढ्छ । र, आगामी दिनमा नागरिकले गुनासो नगर्न नपरोस् भनेर काम गर्ने सोचेको छु । ८ वटै स्थानीय सरकारहरूलाई जोड्ने, सोध्ने, बुझ्ने र खबरदारी गर्ने काम गरिरहेका छौँ । उहाँहरूले पनि गर्नु भएको कामलाई नजिकबाट नियाली रहेको छु । बजेटको कुरा, विकासको कुराहरूलाई अझ बढी सुझाव र सल्लाह दिएका छौँ । 

    अर्को कुरा मलाई दुःख लाग्छ । अझै पनि गाउँका मान्छेहरूले (जिसस) लाई पनि जिल्ला विकास जस्तै बजेट पनि ल्याउनु पर्‍यो । समस्या भएका ठाउँमा समाधान गर्नु पर्‍यो भनेर पनि आउँछन् । म, पुगेको ठाउँमा समस्या समाधान गर्नु पर्‍यो भनेर समाधान खोज्दै आउँछन् । तर, जिससले बजेट ल्याउने हैन । सक्दैन । त्यो हामी गर्न सक्दैनौँ । यी काम गर्न धेरै चाहना हुन्छ । तर, हामीसँग स्रोत साधन छैन । ती सबै समस्या टिपेर मैले सम्बन्धित पालिका, जनप्रतिनिधिहरू सम्म पुर्‍याएर समाधान गर्न लगाएको छु । गाउँ–गाउँका नागरिकको समस्यालाई कुनै न कुनै रूपमा समाधान गर्न गरेका छौँ । 
    जिससको भूमिका के हो र यसको आवश्यकता माथि नै प्रश्न उठी रहेको अवस्था छ ? यो त, राज्यलाई आर्थिक भार मात्रै भयो भन्ने पनि सुनिन्छ नि ?
  2. उनकै शब्दमा : मलाई जुन राज्यलाई आर्थिक भार छ भन्ने प्रश्न आउँदै गर्दा वास्तवमा त्यो कति–कति बेला चाहिँ सही हो कि जस्तो पनि लाग्छ । म, धेरै वटा जिल्ला समन्वय समिति महासंघ लगायतका कार्यक्रममा उपस्थित हुँदै गर्दा ७७ वटै जिल्लाका समन्वय प्रमुखहरूले आवश्यकताको आधारमा राख्ने माग, योजना र समस्या समाधानको बारेमा संघ, प्रदेश लगायतका निकायले पनि हामी प्रमुखहरूले राखेका मागहरूको सम्बोधन गर्न सक्दैन । सुन्दैन भने । पूरा गर्न चासो दिँदै न भने । केही परिवर्तन हुँदैन भने कि राख्नु यो जिल्ला समन्वय यसलाई हटाइदिए भइहाल्यो नि यो माग त मैले पनि गरेकी छु । 
     

    मैले यो विषय हाम्रो महासंघको कार्यक्रम हुँदा पोखरामा पनि भनेकी हुँ । राज्यलाई भार मात्रै हुन्छ भने हटाइदिए हुन्छ । यो खर्चले राज्यको अर्को गर्जो टर्छ होला नि । राज्यको ढुकुटीमा बरु केही रहला । तर, काम नगरी भारको रूपमा राख्नु हुँदै यसमा सहमत छु । तर, काम गर्‍यो भने यसको निकै महत्त्व छ । जनताको घर–घरमा सिंह दरबार भन्ने नारा अनुसार स्थानीय तहले छुटाएको बजेटको सहित तरिकाले कार्यान्वयन भएको छ कि छैन भनेर खबरदारी गर्न भने (जिसस) को प्रमुख भूमिका छ । त्यो हामीले गरेका छौँ ।


    वडा तह सम्म गएको बजेटको लेखा–जोखा गर्ने काम सबैले गरेका छौँ, त्यो रामेछाप (जिसस) ले सबै टिपोट गरेर राखेको छ । हामीले सबै ठाउँमा पुगेर तल्लो तहमा भएका कामको मूल्याङ्कन गरेर रेकर्ड राखेका छौँ । अहिलेको त्यो रेकर्ड अनुसार अझै धेरै सुधार हुनु पर्छ भन्ने पाएका छौँ ।


जनप्रतिनिधिहरूले काम गर्दै गर्दा र गरौँ भन्दा पनि कर्मचारीको कारण गर्न नसकेको अवस्था रहेको पनि सुनाउँदै प्रमुख खड्का भन्छिन् ‘सबै जना काम गरौँ नै भन्ने खालका पनि हुँदैनन् । त्यो जनप्रतिनिधि वा कर्मचारी । तर, जनप्रतिनिधिले काम गर्दा गलत रहेछ भन्ने कर्मचारीले भन्नु पर्‍यो । जो कर्मचारी हुनुहुन्छ । जागिर खान आएका छन् । ती सबैले जनप्रतिनिधिलाई साथ दिनु पर्छ । एउटा जनप्रतिनिधिले यो गर्छु त्यो गर्छु भनेर सफल हुँदैन । कर्मचारीले त्यो विषय पढेको हुन्छ । कर्मचारीले जनप्रतिनिधिलाई सही ‘ट्याकमा’ ल्याउनु पर्‍यो । यदि त्यसो भयो भने सोचे अनुसारको काम गर्न सकिन्छ ।’
 

  • तत्कालीन अवस्थामा जिल्ला समन्वय समिति आफै चैँ कतै रुमल्लिएको र अलमलिएको हो कि ? जनताले देखिने गरी केही गर्न नसकेको भन्ने पनि जनगुनासो छ नि ?
    उनकै शब्दमा: यो प्रश्न अत्यन्तै राम्रो हो । हामी रुमल्लिएका पनि छौँ । कतिपय के छ भने हामी माथि बसेर हेर्दै गर्दा स्थानीय तहले गर्ने काम र हामीले हेर्ने नजर केही अलमलिँदो रहेछ । कतिपयले काम गर्न खोज्दा पनि (जिसस) के हो र ? यसले के गर्न सक्छ र भन्ने ? यिनीहरूको के हइसिएत छ र ? अलि हेपाइसी जस्तो पनि के । त्यो चैँ हामीसँग धेरै बजेट नहुने भएकाले पनि हो । तर, बजेट हाल्ने मात्रै ठुलो काम नभएर स्थानीय तहले हालेका बजेटहरू कहाँ कति हाले कसरी हाले भनेर त्यसको निगरानी राख्नु पनि ठुलो कुरा हो । त्यसको सही सदुपयोग गर्नु ठुलो काम हो । (जिसस) ले कहिले पनि गलत निर्णय गरेको छैन। गर्दैन । कसैले गलत गर्‍यो भनेर हल्ला पनि फैलाऊ छन् । तर, हामीले त्यस्तो गलत केही गर्दैनौँ । सधैँ जनताको हितमा काम गर्छौँ । 
    ४ अब म, यहाँलाई स्थानीय तहले गरेका कामतर्फ केन्द्रित गर्छु । जिल्लाका ८ वटै स्थानीय तहले पनि १ वर्ष बिताइसके । के लाग्छ यहाँलाई अब यस्तै काम गराइले ५ वर्षमा रामेछाप समृद्ध र विकसित बनाउँछन् ?  यात, उपयुक्त खाका कोर्छन् ?

  • उनकै शब्दमा : स्थानीय तहमा जनप्रतिनिधि हुनुहुन्छ । एक वर्ष कतिपयले सिक्दै गयो भन्नुभयो । आगामी वर्षमा राम्रो गर्ने अर्थात् आफ्नो पालिकामा के गर्दा राम्रो हुन्छ भन्ने बुझ्नु भयो । उहाँहरूले भन्ने पनि गर्नु भएको छ । त्यो राम्रो पनि हो । अब जनताको समस्या र आवश्यकता बुझ्ने समय सकियो । अब विकसित र समृद्ध स्थानीय तह बनाउनको लागि उहाँहरूले काम गर्ने हो । भूमिका निर्वाह गर्ने हो ।

    गाउँ, बस्तीका समस्या वडा अध्यक्ष, पालिकाका प्रमुख, उप–प्रमुखहरूले बुझ्ने हो र समाधान गर्ने हो । मत भन्छु सिङ्गो टिमले गर्ने । तर, कतिपय ठाउँमा पालिका प्रमुखहरूले आफूलाई फाइदा हुने गरी बजेट बनाएको पनि पाइएको छ । (जिसस) मा गुनासो समेत आएको छ । 


    जनप्रतिनिधिले ‘कुर्सीमा बसेर’ राजनीति गर्ने उद्देश्यले व्यक्तिगत स्वार्थको लागि त्यहाँका नागरिको माग र आवश्यकतालाई नबुझी, नसुनी आफ्नो फाइदाको लागि एकलौटी रूपमा बजेट बनाएको पाइएको छ । मैले पनि बुझेको छु । त्यो कुरालाई (जिसस) ले नजिकबाट हेरिरहेको छ । त्यो बजेट कसरी काम गर्छन् । यदि त्यो बजेटको सहित सदुपयोग भएन भने हामी खबरदारी गर्छौँ । त्यो बजेटको दुरुपयोग भयो भने हामीले के गर्नु पर्छ भन्ने समेत (जिसस) लाई थाहा छ । यी कुरामा हामी औला उठाउँछौँ । विरोध गर्छौँ ।जोड्दिँदै–‘गुनासो आएको छ । ती गुनासोलाई पल्टाएर हेर्छौँ । समस्या भएको हो कि हैन त्यो नि फिल्डमा गएर हेर्छौँ । जनप्रतिनिधिले कुर्सीमा बसेर राजनीति गर्ने उद्देश्यले काम गर्नु भयो भने त्यो राम्रो हुँदै । 

     


    मलाई लाग्छ त्यो सबै पूरा हुँदैन । तर, हामी लाग्छौँ र गर्छौँ । (जिसस) सदरमुकाम मन्थलीमा हुँदै गर्दा बाहिरबाट कोही घुम्न यहाँ  आउनु भयो भने १०१५ मिनेट आरामले बस्ने ठाउँ छैन ।
     

  • जनप्रतिनिधिको एउटा ‘रेडिमेट’ जवाफ छ नि काम गर्नलाई कर्मचारी नै छैनन् भन्ने यो चैँ सुन्नु भएको छ कि छैन ? 
    यो विषयमा जनप्रतिनिधिले सुरु–सुरमा मलाई भन्नु भयो । दरबन्दी छ कर्मचारी छैनन् । कर्मचारी नभएर काम गर्न सकिएन भन्ने गुनासो आएकै हो । स्थानीय तहमा कर्मचारी नै आउन मान्दैनन् यो परि पार्टी छ । तर, यो कुरामा त मेरो आफ्नै पनि गुनासो नै छ । 

    (जिसस) मा पनि साउन र भदौ दुई महिना भयो १६ जना कर्मचारी मध्ये तीन जना चालक, ३ जना कार्यालय सहयोगी र एक जना खरदार कर्मचारी बाहेक अरू विशेष कर्मचारी छैनन् । कर्मचारी नभएर काम गर्न सकिएन भनेर म मन्त्रालय पनि धाए । गुनासो सुनाए । तर, मन्त्रालयका सचिवले पनि कर्मचारी जनै मान्दैनन् भन्ने जवाफ दिनु भयो ।कर्मचारी पनि खै कस्ता हुन् । जाऊ भनेको ठाउँमा नजाने घुर्की लगाउने । मैले मन्त्रालयमा पुगेर दरबन्दी दिनु हुन्छ कर्मचारी पठाउनु हुन भनेर सवाल जवाफ नै गरे । तर, सचिवज्यूको नै त्यस्तो जवाफ सुनेपछि के भन्ने । यो देशभरिकै समस्या हो ।  

     

    कर्मचारीलाई आग्रह गर्दै भनिन् ‘लामो समय नबसे पनि मन्त्रालय आवश्यकता परेर खटाएको ठाउँमा केही समय भए पनि गए त हुन्छ नि । अब, जनप्रतिनिधिले मात्रै काम गर्न सक्दैनन् । यो बिचमा स्थानीय तह र सरकारी कार्यालयका धेरै कर्मचारी सरुवा गएको बताउँदै अहिलेको परिस्थितिमा सबै स्थानीय तहमा कर्मचारी केही मात्रमा केहीमा आउने क्रममै छन् भनिन् । 
     

  • अब (जिसस) को आगामी दिनको बारेमा : जिससको आगामी योजना चैँ के छ ? के गर्ने योजनामा हुनुहुन्छ ?

    उनकै शब्दमा : (जिसस) को आगामी योजना त धेरै ठुलो छ । हाम्रो हैसियत भन्दा पनि ठुलो योजना छ । मलाई लाग्छ त्यो सबै पूरा हुँदैन । तर, हामी लाग्छौँ र गर्छौँ । (जिसस) सदरमुकाम मन्थलीमा हुँदै गर्दा बाहिरबाट कोही घुम्न यहाँ  आउनु भयो भने १०१५ मिनेट आरामले बस्ने ठाउँ छैन । त्यसैले यी समस्या बुझेर (जिसस) सँग रहेको २८ रोपनी जग्गामा एक सुविधा सम्पन्न भवन बनाउने योजना सहित काम गर्दै छौँ । यो अहिलेको भवन पनि एकदमै जीर्ण छ । यसलाई पहिलै भत्काएर बनाउनु पर्ने हो । त्यो आज सम्म पनि हुन सकेको छैन । यहाँ राम्रो कार्यक्रम गर्नको लागि पनि हल छैन । 

     

    मलाई यो (जिसस)को जग्गामा सबैलाई काम लाग्न सक्ने एउटा सुविधा सम्पन्न हल । त्यो पनि अन्डरग्राउन्ड पार्किङ सहित बनाउने योजना छ । त्यसको लागि मैले (डिपिआर) सहित लगेर सहरी विकास मन्त्रालयमा पुर्‍याएको छु । त्यसको ‘फलोअप’ पनि गरिरहेको छु । यो बन्यो भने जिल्लावासी सबैको लागि राम्रो हुन्छ । यो भवन बन्छ भन्ने विश्वास छ । बाँकी रहेको कार्यकालमा सम्पन्न नभए पनि सुरुवात अवश्य गर्छौँ । 

     

    अर्को कुरा म, जिल्लाको समग्र विकासको लागि माथिल्लो सरकारी निकायबाट आउने बजेटको निगरानी गरिरहेको छु । सरकारी बजेट आउँदा के–के कमजोरीलाई सुधारेर सरकारी बजेट पर्याप्त ल्याएर काम गर्न सगाउने काम हुँदै छ । 
     


    उहाँहरूले हाम्रो आवाज चिनाले बोल्छे भन्ने विश्वास गर्नु भयो । पार्टी हेर्नु भएन चिनालाई चिन्नु भयो । जिम्मेवारी दिएर पठाउनु भयो । मैले पनि बिर्सिएकी छैन ।

  • विगतलाई कसरी सम्झनु हुन्छ ? कसरी यो ठाउँ सम्म आउनु भयो ?
    म २०४८ सालदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ) मा सक्रिय हुँदै २०५८ सालमा नेपाली काँग्रेसको जिल्ला कार्यसमिति सदस्य भए । त्यसपछि नेपाल महिला संघको जिल्ला सभापति भए । र, त्यसपछि जिल्ला भित्रका समग्र महिलाहरूको अन्तर पार्टी महिला सञ्जालको २ कार्यकाल जिल्ला सभापति भए । त्यो बेला देखिनै देशको लागि केही गर्नु पर्छ भन्ने सोच्थे । जनताको लागि केही गर्नु पर्छ । जिल्लाको लागि मात्रै नभएर समग्र देशकै लागि केही गर्नै पर्छ भन्ने मेरो चाहना र हुटहुटी थियो । 
     

    मसँग जोडिएकाहरूको मात्रै नभएर सबैको दुःखलाई सम्बोधन गर्नु पर्छ भन्ने मलाई लाग्थ्यो । योजना बोक्थे । पछिल्लो समय मेरो कर्मथलो उमाकुण्ड २ बाम्तीभण्डारका आमाबुबा, घर परिवार छर–छिमेकी सबैले हाम्रो लागि काम गर्छे भन्ने विश्वास गरेर मलाई जिताएर । उहाँहरूले हाम्रो आवाज चिनाले बोल्छे भन्ने विश्वास गर्नु भयो । पार्टी हेर्नु भएन चिनालाई चिन्नु भयो । जिम्मेवारी दिएर पठाउनु भयो । मैले पनि बिर्सिएकी छैन । र, म भुल्दिन पनि मलाई थाहा छ मैले समग्र जिल्लाको लागि काम गर्नु पर्छ तर, त्यो भन्दा बढी मैले मेरो बाम्तीलाई सम्झेको छु ।
     

    त्यसैले अहिले म यो ठाउँमा आइपुगेको छु । कम्तीमा म संस्थागत रूपमा जहाँ गएर भए पनि आफ्ना कुराहरू राख्न सक्ने भएको छु । मसँग नभए पनि कसै गरेर भए पनि त्यो गर्नु पर्छ । हुनु पर्छ भन्ने ठाउँमा पुगेकी हु ।