नरोत्तम बैद्यले मागे माफी, भावनामा बगेको प्रतिक्रिया

| जेठ २९, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२९ जेठ,हेटौडा । नेपाली कांग्रेसका प्रदेश सांसद् नरोत्तम वैद्यले आत्माआलोचना गरेका छन् । उनले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभा बैठकमा दिएको आपत्तिजनक अभिव्यक्ति फिर्ता लिएका छन्। 

 

प्रदेश सभाको शनिबारको बैठकमा विशेष समय लिएर वैद्यले आफ्नो अभिव्यक्तिको आत्मालोचना गर्दै माफी मागे । उनले वाक स्वतन्त्रताको बढी नै उपभोग गरेको भन्दै आत्मालोचना गरेका छन् । ‘म महात्मा गान्धी मान्ने मान्छे, वचनले पनि हिंसा हुनुहुँदैन भन्ने मान्छे, तर आवेसमा आएर यस्तो बोलेँ उनले भने । 

 

 

वैद्यले आफ्नो भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण पनि गराए ।  सांसद बैद्यले माफी मागेपछि सभामुख सानुकुमार श्रेष्ठले बैद्यको भनाइ संसदको रेकर्डबाट हटाउन दिइसकेका छन् । 

 

यसअघि कांग्रेसले बैद्यलाई आफ्नो अभिब्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो । भने एमालेले विज्ञप्ति जारी गरि आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको थियो ।