मन्थलीको चिसापानीमा साबुन, स्याम्पु बेच्दै हिँड्ने महराले सुन चोरेर फरार

| असोज ११, २०८० बिहिबार

सांकेतिक तस्बिर ।
A A A
A A A

११ असोज, रामेछाप । रामेछापको चिसापानीमा साबुन, मन्जन, स्याम्पु लगायतका सामग्री बेच्दै हिँड्ने एक जनाले सुन चोरी गरेर फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । गत असोज ७ गते बुलुका अन्दाजी ७ बजे दार्चुला जिल्ला मारमा गाउँपालिका वडा नं ४ तपोवन घर बताउने अन्दाजी १९ वर्षीय लोकेन्द्र महाराले सामाग्री बेच्दै हिँडेर बास बसेको घरको तिलहरी चोरी गरेका हुन् । 

 

सामाग्री बेच्दै हिँड्ने महराले मन्थली नगरपालिका वडा नं ८ चिसापानी स्थित श्याम सुन्दर श्रेष्ठको घरमा बास बसेको र बिहान ४ बजेको समयमा श्रेष्ठको घरको कोठामा राखेको पोते सहितको सुनको तिलहरी चोरी गरी फरार भएको श्रेष्ठ परिवारले प्रहरीलाई खबर गरेका थिए  । लगत्तै प्रहरीले खोजतलास गर्दा चोरी गरी भागेका महरा मन्थली १ मन्थली बजारको  स्थित धोबी होटेलमा लुकेर बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ । उनी गत असोज ८ गते पक्राउ परेका हुन् । 

 

मन्थली बजारबाट पक्राउ परेका महराको साथबाट चोरी गरेको पहेँलो धातु टुक्रा टुक्रा पारी कागजमा बेरी सकेको अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

उक्त धातु सहित फेला परेका १९ वर्षीय किशोर महरालाई जिल्ला अदालत रामेछापबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।