मन्थलीमा ट्याक्टरको पार्ट चोरेर कबडीमा बेच्न लाग्दा प्रदीप भुजेल पक्राउ, रमेश फरार

| असोज १७, २०८० बुधबार

A A A
A A A

१७ असोज, रामेछाप । मन्थलीमा ट्याक्टरको पार्ट चोरी गर्ने एक जना पक्राउ परेका छन् भने एक जना फरार भएका छन् ।  पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं १ सापमारेका २० वर्षीय प्रदीप भुजेल रहेका छन् । सोही ठाउँका रमेश भुजेल भने फरार छन् । उनको खोजी कार्य जारी छ । दुई जना भएर पार्ट चोरी गर्दै गर्दा उनीहरूलाई गत सोमबार साँझ ६ ः ३० बजेको समयमा प्रहरीले पक्राउ गरेको हो । 

 

मंगलबार साँझ उनीहरूले मन्थली बजारमा रहेको आर वर्कसपबाट  ट्याक्टरको हाईड्रोलिकमा प्रयोग हुने डिस्टीब्युटर दुई थान, गियर सापट पाँच थान, दाँते तीन थान, काउन्टर गियर एक थान, गियर बक्स हण्डी तीन थान, फोरहुईल सपोट एक थान, फोरहुईल ढिका एक थान र पत्ता एक थान चोरी गरी कवाडी पसलमा बेच्न लगेको अवस्थामा प्रहरी टोली फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

उक्त अवस्थामा चोरीका ट्याक्टरको पार्ट सहित चोरीमा संलग्न भुजेललाई नियन्त्रणमा लिएको जिप्रका रामेछापका सूचना अधिकारी रञ्जन गिरीले जानकारी दिए ।  यसरी ट्याक्टरको पार्ट चोरी गर्ने भुजेललाई जिल्ला अदालत रामेछापबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जनाएको छ ।