वडा कार्यालय गुन्सीले दियो अनुदानमा जोत्ने ट्याक्टर

| असोज १८, २०८० बिहिबार

A A A
A A A

१८ असोज, रामेछाप । सुनापति गाउँपालिका वडा नं १ गुन्सीले किसानलाई अनुदानमा पावर टिलिर (जोत्ने हाते ट्याक्टर) प्रदान गरेको छ । बुधवार सोही वडाका वडा अध्यक्ष ध्रुव प्रसाद चौलागाईले वडा सदस्य रिता धमलासहितको उपस्थितिमा ५० प्रतिशत अनुदानमा प्रदान गरेको वडा अध्यक्ष चौलागाईले जानकारी दिए । 

 

गाउँपालिकाको गत आर्थिक वर्ष २०७९/०८० कै वार्षिक स्वीकृत कार्यक्रम अनुसारको ५० प्रतिशत अनुदानमा ९ वटा ट्याक्टर प्रदान गरेको हो । 

 

 

गत आर्थिक वर्षमा विविध कारणले वितरण गर्न नसकिएको कृषि सामाग्री÷उपकरण यो वर्ष हस्तान्तरण गरिएको हो ।