खाँडादेवी मन्दिरको ढोका र दान पेटीका फुटाएर दक्षिणा चोरी, भाग्दै गर्दा दक्षिणा सहित एक जना पक्राउ

| असोज १८, २०८० बिहिबार

फाइल फोटो ।
A A A
A A A

१८ असोज, रामेछाप । जिल्लाको प्रसिद्ध धार्मिक स्थल खाँडादेवी मन्दिरको दान पेटीकाको दक्षिणा चोरी गर्ने काभ्रेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । यसरी मन्दिरमा चढाएको दक्षिणा समेत चोरी गर्नेमा  काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका वडा नं ७ घर भएको २९ वर्षीय रविन खुलाल हुन् । 

 

खुलाललाई आज बिहीबार बिहान साँढे २ बजेको समयमा खाँदेवी मन्दिरको ढोका फुटाएर मन्दिर भित्र रहेको २ वटा दान पेटिका समेत फुटाई भक्तजनले चढाएको दक्षिणा चोरी गरी त्यहाँबाट भाग्न लाग्दा सित्खा बजार स्थित झोलुङ्गे पुल नजिकैबाट बिहान साँढे १० बजे चोरी भएको रकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

चोरी भएको दक्षिणा सहित पक्राउ परेका खुलाललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रामेछापमा ल्याई अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी रञ्जन गरीले जानकारी दिए । 

 

 

खाँडादेवी मन्दिर जिल्लाकै चर्चित मध्येको एक धार्मिक स्थल हो ।