रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष थापा मगर नेपाल उद्योग वाणिज्य महासंघको संसदीय समिति सदस्यमा मनोनीत

| असोज २१, २०८० आइतबार

A A A
A A A

२१ असोज, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार थापामगर नेपाल उद्योग वाणिज्य महासंघको कानुन न्याय तथा संसदीय मामिला समितिमा मनोनयन भएका छन् । 

 

 

आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले एक पत्र मार्फत संघका जिल्ला अध्यक्ष थापामगरलाई सदस्यमा मनोनयन गरिएका हुन् । 

 

महासंघका कार्यकारिणी समिति सदस्य डा.रामशरण थपलियाको सभापतित्वमा गठित कानुन न्याय तथा संसदीय मामिला समितिमा मन्थलीका व्यवसायी एवं संघका अध्यक्ष थापा मगर मनोनीत भएका हुन् ।