बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत

| जेठ २९, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२९ जेठ, हेटौडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । 


प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र शनिबार भएको छलफल भएको थियो । छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी भएका थिए । प्रदेश सरकारको आगामी वर्ष नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए । 

छलफलमा सहभागि सत्तापक्षका सांसदहरुले प्रदेश सरकारले तयार पारेको नीति तथा कार्यक्रमको विभिन्न बुँदाहरुमा संशोधनका लागि सुझाव पेश गरेका थिए ।

 

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रमका एक–एक बुँदालाई बजेटमा प्राथमिकताका साथ समावेश गरिने प्रतिबद्धता जनाएका थिए । सांसदहरुले उठाएका प्रश्न र सुझावका बारेमा जवाफ दिदै प्रदेश सरकारले प्रदेशका नागरिकहरुलाई केन्द्रमा राखेर कोरोना नियन्त्रण, उपचार र खोपको सुनिश्चितता हुने गरी सरकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए । 

सांसदहरुले पेश गरेको नीति तथा कार्यक्रम माथिको संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत गरेपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रमलाई स्वीकृतिका लागी संसद्मा पेश गरेको थिए । 

 

सभामुख श्रेष्ठले स्वीकृतिका लागि प्रस्तुत गरेको सरकारको उक्त नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार