चाडपर्व संयमित तरिकाले मनाउन जिल्ला प्रहरी कार्यालय रामेछापको ९ बुँदे सन्देश

धार्मिक सद्भाव कायम राख्नेदेखि अप्रिय घटना नघटाने सम्म

| असोज २२, २०८० सोमबार

A A A
A A A

२२ असोज, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले दशै तिहार तथा छठ लगायतका चाडपर्व संयमित तरिकाले मनाउन आग्रह गरेको छ । साथै मुख्य चाडपर्वको समयमा अप्रिय घटनाहरु हुन नदिन समेत सचेत गराएको छ । 

 

आइतबार ९ बुँदै सन्देश जारी गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापले सभ्य, सुरक्षित र हर्षोल्लासका साथ चाडपर्व मनाऔँ भन्दै चाड पर्वको समयमा घर बाहिर निस्कँदा वा कहीँ टाढा जानु पर्ने भएमा बहुमूल्य वस्तुहरू सुरक्षित साथ राख्ने आग्रह गरेको छ । 

 

त्यस्तै आपराधिक क्रियाकलापको शङ्का लागेमा तुरुन्तै नजिकैको प्रहरी कार्यालयमा खबर गरी आफ्नो टोल, छिमेकमा शङ्कास्पद गतिविधि गर्ने अपरिचित व्यक्तिहरूको निगरानी गर्न समेत प्रहरीले भनेको छ । 

 

चाडपर्वको समयमा रमाइलो गर्ने बहानामा कानुनद्वारा प्रतिबन्धित जुवा, तास, सट्टे बाजी जस्ता कार्य नगर्न आग्रह गर्दै सो समयमा हुन सक्ने लुटपाट डकैती तथा नशालु पदार्थहरू खुवाएर चोरी हुन सक्ने तर्फ समेत सचेत गराएको छ । 

 

त्यस्तै पटकाजन्य विस्फोटक पदार्थको प्रयोग तथा अतीसबाजीले चोटपटक आगलागी तथा जनधनको क्षति पुर्‍याउन सक्ने हुँदा यस्ता कार्य नगन, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राख्न, धार्मिक हिंसा हुने खालका कार्यहरू नगर्न जोड् दिएको छ । 

 

चाडपर्व लक्षित सुरक्षा योजना सहित विशेष चेक जाँच गर्दै आएको विप्रकाले जिल्ला भित्रका इलाका प्रहरी चौकी सहितलाई यी कार्य भएमा तत्काल खबर गर्न पनि अनुरोध गरेको छ ।