बेपत्ता बनेका मन्थली माविका २ बालकलाई साथीले कोठामा लगेर गाँजा खुवाएर राखेको अवस्थामा भेटिए

| असोज २३, २०८० मंगलबार

A A A
A A A

२३ असोज, रामेछाप । हिजो सोमबार दिउँसो २ बजेदेखि बेपत्ता भएका मन्थली माविमा अध्ययनरत २ विद्यार्थी सकुशल भेटिएका छन् । 

 

मन्थली नगरपालिका वडा नम्बर २ निवासी सुमन बस्नेतको ११ वर्षीय छोरा सबिन बस्नेत र एकिन्द्र थापाको १३ वर्षीय कक्षा ८ मा पढ्ने अनुज थापा बेपत्ता भएका थिए । 

 

आज मंगलबार बिहान करिब ९ २० बजेको समयमा मन्थली एयरपोर्ट नजिकै सँगै पढ्ने एक साथीको कोठामा गाँजा खाएको अवस्थामा भेटिएको मन्थली २ का कुमार बस्नेतले रामेछाप टाइम्सलाई बताए । ‘साथीले लगेर गाँजा खुवाएछ । लट्ठ बनेर सुतेछन् ।’

 

परीक्षा दिएर सँगै पढ्ने साथीसँगै एयरपोर्ट पारी गएर गाँजा र एक पाकेट चुरोट किनेर ल्याएर उसैको कोठामा खाएछन्, लट्ठ भएर राति त्यही बसेछन्, कुमारले रामेछाप टाइम्सलाई भने । 

 

रामेछाप प्रहरीले कुमारलाई जिम्मा लगाएका उनीहरू अहिले परीक्षा दिएर घर फर्किएका छन् । ‘अहिले ठिक छन् ।’ दुई विद्यार्थी बेपत्ता भएपछि मन्थली मावि परिवार, उनीहरूका परिवार सहित मन्थली बासी पीडित भनेका थिए ।