जबरजस्ती करणी आरोप लागेका कुँबुँकाँस्थालीका कार्की पुर्पक्षको लागि जेल चलान

| असोज २३, २०८० मंगलबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२३ असोज, रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रिती उरमाखु पाल्टारकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सोही पालिकाका एक पुरुषलाई जिल्ला अदालत रामेछापले पुर्पक्षको लागि कारागार चलान गरेको छ । 

 

सोमबार जिल्ला अदालतले उक्त घटनामा संलग्न सोही पालिकाको वडा नं ३ कुँबुँकाँस्थलीका ४७ वर्षीय दिलबहादुर कार्कीलाई पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक शैलेन्द्र कुमार खड्काले जानकारी दिए । 

 

 

उनका अनुसार ती महिलाले गत असोज ४ गते आफूमाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी थिइन् ।