गोकुलगंगामा उत्पादित कृषि उपजको गोल्यान समूहले बजारीकरण गर्ने

| असोज २३, २०८० मंगलबार

A A A
A A A

२३ असोज, रामेछाप । गोकुलगंगा गाउँपालिकामा उत्पादित कृषि उपज गोल्यान समूह अन्तर्गतको गोल्यान एग्रो प्रा.लि. र जनता एग्रो एण्ड फरेष्ट्रीले बजारीकरण गर्ने भएको छ । गाउँपालिका भित्र उत्पादित कृषि उपजलाई खरिद गरी गोल्यान समूहले ब्राण्ड सहित बजारीकरण गर्ने सहमति भएको हो । 

 

गोकुलगंगामा विभिन्न कृषि उत्पादन हुने गरेको छ । यहाँका किसानलाई व्यवसायी कृषिमा लगाएर पालिकामा उत्पादन भएको कृषि उपजलाई खरिद गरी बजारको सुनिश्चितता गरिएको पालिकाले जनाएको छ । यहाँ कृषि उत्पादनमा ठुलो सम्भावना देखिएकाले जनता एग्रोले उत्पादित सामाग्रीको बजारीकरण गरी विदेश सम्म निर्यात गर्ने वातावरण बनाउन लागिएको गोल्यान समूहले जनाएको छ । 

 

पालिकामा किवी, आलु, तरकारी, फलफूल लगायतका वस्तु खरिद गरी बजारीकरण गर्ने योजनाका गाउँपालिकासँग सहमति गरिएको गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले बताए । त्यहाँको भूगोल,हावापानी र किसानहरूको उत्साह देखेर सहकार्य गरेका हौँ ।’

 

साथै गोल्यानले गोकुलगंगा ५ सय देखि ४३ सय मिटरको एउटै भूगोल भएकाले कृषिमा धेरै ठुलो सम्भावना देखिएको बताए । ‘यहाँका किसानलाई कृषि खेतीका लागि आवश्यक सहजीकरण पनि गर्छौँ ।’

 

त्यस्तै गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले पनि पालिकामा उत्पादन हुन सक्ने कृषिको सम्भावना र किसान पहिचान गरी कार्यविधि बनाएर अगाडि बढ्ने बताए । उनले पालिकाको सबैभन्दा ठुलो सम्भावना कृषि रहेकाले पालिकाले पनि कृषिमा प्राथमिकता दिँदै आएको सुनाए । ‘यहाँका किसानहरूको आम्दानीको स्रोत बनाउँदै उत्पादित सामग्री खरिद गरिने कुरामा पालिका सकारात्मक रहेको छ, त्यसैले गोल्यान समूहसँग सहकार्य गर्न सकिन्छ ।’ 

 

स्रोत इमेज खबर ।