लिखु तामाकोशीमा काँग्रेसको शुभकामना आदान प्रदान सम्पन्न

| असोज २४, २०८० बुधबार

A A A
A A A

२४ असोज, रामेछाप । नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाले बडा दसैँ, शुभ दीपावलीको शुभकामना आदान प्रदान गरेको छ । पार्टी गाउँपालिका कार्यसमितिले बुधवार  धोबीमा शुभकामना आदान प्रदान गरेको काँग्रेस गाउँपालिका सभापति भोजराज खड्का (सुन्दर) ले बताए । 

 

महान् पर्व दसैँ, तिहारको शुभकामना दिँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सोही गाउँपालिका अध्यक्ष केशव महतले दसैँ, तिहार लगायतका चाड पर्वलाई धेरै भड्किलो नबनाउन जोड् दिए । पालिका अध्यक्ष महतले चाड पर्व मनाउने नाममा धेरै खर्चिलो र भड्किलो बन्दै गएको उल्लेख गर्दै ‘चाड पर्वलाई भड्किलो नगरी आफ्नो क्षमता अनुसार मात्र गर्न’ भने । 

 

त्यस्तै पार्टीको प्रदेश सभा (क) का सभापति निरोज खड्काले पनि नेपाल सहित विश्वभरनै आर्थिक सङ्कट देखिएकाले चाड पर्वलाई पनि सोही परिस्थिति अनुसार मनाउन आग्रह गरे । 

 

 

गाउँपालिकी उपाध्यक्ष एवं नेकपा एमालेकी नेतृ दीपा पाख्रिन सहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाज पार्टी (एस) लगायत प्रमुख तथा प्रतिनिधिले दसैँ, तिहारको शुभकामना आदान प्रदान गरिएको उक्त कार्यक्रममा बोल्ने नेताहरूले गाउँपालिकाको केन्द्र धोबी बजारलाई स्थायी रूपमा पालिकाको केन्द्र बनाएर राख्नु पर्नेमा जोड् दिएका छन् । 

 

पालिकाको केन्द्र स्थायी नहुँदा अहिले सम्म पक्की भवन समेत बन्न नसकेको उक्ता विषयलाई प्राथमिकता दिँदै नेताहरूले ‘गाउँपालिकाको पहिचान धोबी बजार हो । यसलाई जोगाउनु हामी सबै लाग्नु पर्छ । यसलाई दीर्घकालीन तर्फ लानू पर्छ’ भनेको सभापति सुन्दरले भने ।