रामेछाप–काभ्रे जोडने पुल सञ्चालनमै नआई भत्कियो, स्थानीय ३ घण्टा पैदल हिड्न बाध्य

ठेकेदारले पःन निर्माण गर्न आलटाल

| जेठ २९, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२९ जेठ, रामेछाप । १२ बर्षपछि बनेको रामेछाप र काभ्रे जिल्ला जोड्ने पक्की पुल संचालनमा नआउदै भत्किएको छ । पुल भत्किएसंगै स्थानीयहरु चिन्तीत् भएका छन् । रामेछाप र काभ्रे दुई जिल्लालाई जोडेको रामेछापको दोरम्बाको चौरीखोलास्थित पक्कि पुल ठेकेदारको लापरबाहीका कारण गुणस्तरियनबन्दा भत्किएको स्थानीयहरुको ठहर छ ।  पुल एक हप्ता अघि भत्किएको हो । 
 

एन. एन निर्माण सेवाका प्रा.लिले निर्माण गरेको सो पुल बने रामेछापको सुनापति र दोरम्बा गाउँपालिकाका स्थानीयहरु लाभान्वित् हुने छन् । तर पुल निर्माण लामो समयसम्म नसकिदा स्थानीयहरुले सास्ति खेप्दै आएका छन् । पुल निर्माणमा ढिलाई हुनुको कारण निकै कम मूल्यमा ठेक्का सम्झौता रहेको एन एनका संचालक मुकुन्द गौतमले बताए ।

 

गत २०६८ फागुन २३ गते एक करोड ९० लाखमा ठेक्का सम्झौता भएको पुल लामो समय हुदा पनि निर्माण नसकिएको हो । सो पुलको लम्बाई ६१ मिटर  रहेको छ । अहिले अन्दाजी १५ मिटर मेसेनरीवाल भत्किएको हो । मेेेेेसिनरीवाल भत्ककिएपछि साना ठूला सवारी आवतजावतमा समस्या हुन थालेकाे छ ।

स्थानीयहरुले आवतजावत गर्ने मुख्य पुलकै मुखको वाल भत्किएको भन्दै पुःन निर्माणका लागि पटकपटक आग्रह गरि सकेपनि निर्माण कम्पनीले अटेर गरेकाे रामेछाप टाइम्सलाई जानकारी प्राप्त भएको छ । पुल भत्किएसंगै अब त्यो पुलबाट ओहोरदोहोर गर्दै आएका स्थानीयहरु पैदल तीन घण्टाक बाटो हिड्नु पर्ने भएको छ । पुलमा भत्किएको मेसेनरीवाल पुःन निर्माण तत्काल नगरे वर्षका मोटरसाईकल पनि हिड्ने सक्नेछैनन् ।                    दाेरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले भत्किएको मेसेनरीवाल तत्काल निर्माण गर्ने भनेपनि ठेकदारले आलटाल गर्दै आएको बताए ।

 

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार