पत्रकार युवराज श्रेष्ठ नगद सहित सम्मानित (भिडिओसहित)

२७ असोज, रामेछाप । जिल्लाका सक्रिय पत्रकार युवराज श्रेष्ठ सम्मानित भएका छन् । पत्रकार श्रेष्ठ सहित सहकारीले ८० जनालाई सम्मान गरेको छ ।
मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २६ औँ वार्षिक साधारण सभामा शनिवार मन्थलीमा आयोजित भव्य कार्यक्रममा श्रेष्ठलाई नगद ५ हजार सहित सम्मान गरेको हो । सहकारीका सचिव हिमाल ढुङ्गेलले ‘जिल्लामा सक्रिय पत्रकारिताको माध्यमबाट सहकारीको प्रवर्धन र विकासमा विशेष योगदान पुर्याउनु भएकोमा यो सम्मान गरिएको छ’ भने ।
नेपाल प्रेस युनियनका नेता समेत रहेका श्रेष्ठ पत्रकार महासंघका कोषाध्यक्ष, रेडियो झङ्कार ९७.५ मेगाहर्जका स्टेसन म्यानेजर, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका अध्यक्ष हुन् ।
साथै उनी मेरो प्रदेश डट् कम अनलाइनका प्रधान सम्पादक र अर्थ टेलिभिजनका जिल्ला संवाददाता समेत हुन् ।
उतकृ्ष्ठ कर्मचारी पूरस्कार लिँदै कर्मचारी, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स
गाउँ–गाउँमा साधारण सभा सकेको मन्थली बचतले शनिवार सामुदायिक हल मन्थलीमा वृहत् कार्यक्रमको आयोजना गरेर संस्थाले पत्रकार श्रेष्ठ सहित सालु शाखा प्रमुख टीकाराम श्रेष्ठलाई उत्कृष्ट कर्मचारी पुरस्कार सहित सम्मान गरेको छ ।
त्यस्तै बचतकर्ताहरू, शेयर सदस्य, अशक्त, अपाङ्गता लगायतका सदस्यहरूलाई गरी कूल ८० भन्दा बढीलाई विभिन्न घरायसी प्रयोजनका सामान र सामान पत्रले सम्मान गरेको सचिव ढुङ्गेलले बताए ।
सम्मानितहरूलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख चिना खड्का (कार्की) ले पुरस्कार र सम्मान प्रदान गरिन् ।
भिडियोमा हेर्नुहोस् ।