भटौली स्वास्थ्य चौकीमा कार्यरत सुमित्रा श्रेष्ठलाई मन्थली नगरपालिकाले बर्खास्त गर्‍यो

| कात्तिक १४, २०८० मंगलबार

सांकेतिक तस्बिर ।
A A A
A A A

१४ कात्तिक, रामेछाप । मन्थली नगरपालिकाले भटौली स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव (सहायक स्तर पाँचौँ) कि कर्मचारी सुमित्रा श्रेष्ठलाई सेवाबाट बर्खास्त गरेको छ । 

 

यस अगाडि एक सूचना जारी गर्दै ३ महिनादेखि कार्यालयमा हाजिर नभएको भन्दै स्पष्टीकरण पेस गर्न आग्रह गरेको नगरपालिकाले मङ्गलवार एक सूचना मार्फत सिनियर अहेब श्रेष्ठलाई बर्खास्त गरेको जनाएको हो । 

 

नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले हस्ताक्षर गरेको सो पत्रमा ‘सेवामा रहँदा पालना गर्नु पर्ने आचरण पालना नगरी, बिदा स्वीकृत नगराई, बिना जानकारी ९० दिनसम्म कार्यालयमा अनुपस्थित रहेको र तत्काल हाजिर भई काम काज गर्न सम्पर्कमा नआएको हुँदा बागमती प्रदेश सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ११८ को (ग) बमोजिम सेवाबाट बर्खास्त गरिएको उल्लेख छ । 

 

भटौली स्वास्थ्य चौकीबाट बर्खास्त भएकी श्रेष्ठलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी गएको असोज १९ गते निर्णयअनुसार सेवाबाट बर्खास्त गरिएको ब्यहोरा नगरपालिकाले जनाएको हो ।

 

पत्र हेर्नुहोस्