ब्रेक फेल भएर सुमो दुर्घटना हुदा तीन जना घाइते, १२ जना सवार

| जेठ २९, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२९ जेठ, रामेछाप । सोलु दुधकुण्ड नगरपालिका ११ बेलीडाँडामा टाटा सुमो जिप दुर्घटनामा परेको छ । 

 

रमिते बाट पत्तले जाँदै गरेको ना १ ज ५५८९ नम्बरको  टाटा सुमो बेलिडाडामा दुर्घटना परेको सोलु प्रहरीले जनाएको छ ।  दुर्घटनामा ३ जना गम्भिर घाइते भएका छन् । 


घाइते हुनेहरुमा  वडा नम्बर–११ तिङलाका ४० वर्षीय सुनिल थापा मगर, ३२ वर्षीया लक्ष्मी मगर र २६ वर्षीया कोपीला मगर छन । उनीहरुको टाउको छाती र निधारमा चोट लागेकाले उपचारका लागि मिसन अस्पताल ओखलढुङगा  पठाइएको ट्राफिक प्रहरी इन्चार्ज कृष्ण कटुवालले जानकारी दिए । 

 

आज दिउँसो ४ बजे सुमो दुर्घटनामा परेको हो । सुमोमा १२ जना सवार रहेको बताइएको छ । 

 

प्रहरीका अनुसार सुमो ब्रेक फेल भएर दुर्घटनामा परेको थियो । सुमो सडकबाट अन्दाजी १५ मिटर तल बारीको पाटामा खसेको छ ।