तेस्रो माझी गोल्ड कप : बारालाई १–० ले हराउँदै रामेछाप सेमिफाइनलमा प्रवेश

| कात्तिक १९, २०८० आइतबार

A A A
A A A

१९ कात्तिक, रामेछाप । सिन्धुलीमा जारी तेस्रो राष्ट्रिय माझी गोल्ड कपमा रामेछाप सेमिफाइनलमा प्रवेश गरेको छ । 

 

आइतबार बिहान ८ बजेदेखि भएको खेलमा रामेछापले बारालाई १–० ले स्तब्ध पार्दै सेमिफाइनल प्रवेश गरेको नेपाल माझी उथान संघ रामेछापका प्रचारप्रसार संयोजक बालकृष्ण माझीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार सिन्धुलीको बोटेनी खेल मैदानमा रामेछापका नवीन माझीले खेलको ३३ औँ मिनेटमा गोल गरे जुन जितको लागि पर्याप्त बन्यो । नेपाल माझी उत्थान संघ सिन्धुलीले गएको १३ गतेदेखि तेस्रो माझी कप खेलाइ रहेको छ । यस अगाडि रामेछापले आयोजक सिन्धुलीलाई पनि हराएको थियो । 

 

देशभरिका माझी समुदायका २३ टिम सहभागी खेलमा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः  २ लाख ६५ हजार ५५५, १ लाख ३२ हजार २२२ र ६६ हजार ६६६ कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

 

त्यस्तै विभिन्न विधामा समेत नगद १५ र १० हजार सहित ट्रफि र प्रमाणपत्र जित्ने आयोजकले जनाएको छ ।