तेस्रो राष्ट्रिय माझी गोल्ड कपमा रामेछाप र आयोजक सिन्धुली फाइनलमा प्रवेश

| कात्तिक २०, २०८० सोमबार

A A A
A A A

२० कात्तिक, रामेछाप । तेस्रो राष्ट्रिय माझी गोल्ड कपमा रामेछापले फाइनल प्रवेश गरेको छ । सोमबार भएको खेलमा सुनसरीलाई १–० ले गोलले पछि पार्दै रामेछाप फाइनलमा पुगेको नेपाल माझी उथान संघ रामेछापका प्रचारप्रसार संयोजक बालकृष्ण माझीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार रामेछापका नवीन माझीले खेलको ५१ औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएका हुन् । यस अगाडि रामेछापले आयोजक सिन्धुलीलाई २–० र बारालाई १–० ले हराएको थियो ।

 

आइतबार बारालाई हराउन १ गोल गरेका जर्सी नम्बर १० का खेलाडी नवीनले सोमबार पनि टिमलाई जिताउन १ गोलको योगदान गरे । 

 

गएको १३ गतेदेखि नेपाल माझी उथान संघ सिन्धुलीको आयोजनामा जारी खेलमा देशभरिका २३ टिमको सहभागिता रहेको छ । जसमा रामेछाप सहित सिन्धुली ‘ए’, सिन्धुपाल्चोक र सुनसरी फाइनल प्रवेश गरेको बालकृष्णले जानकारी दिए । 

 

मङ्गलवार तेस्रो स्थानको लागि बिहान ८ ः ०० बजे सिन्धुपाल्चोक  र सुनसरी खेल्ने छन् । भने, फाइनल खेल दिउँसो २ ः ०० बजे हुने रामेछाप र आयोजक सिन्धुली ‘ए’ खेल्ने छन् । 

 

खेलमा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः  २ लाख ६५ हजार ५५५, १ लाख ३२ हजार २२२ र ६६ हजार ६६६ कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

 

 

त्यस्तै विभिन्न विधामा समेत नगद १५ र १० हजार सहित ट्रफि र प्रमाणपत्र जित्ने आयोजकले जनाएको छ ।