बागमतीमा एमाले एक भएर जाने सहमती : पौडेल सहित १४ जनाको कारबाही फिर्ता

| जेठ ३०, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

३० जेठ, रामेछाप । बागमती प्रदेशमा नेकपा (एमाले) का दुई समूह खनाल–नेपाल पक्ष र ओली पक्ष मिलेर जाने सहमती भएको छ । सहमती अनुसार पार्टीको कारबाहीमा परेका १४ जना सांसद्हरुको कारबाही पार्टीले फिर्ता लिएको छ । 

 

 

आगामी वर्षको नीति तथा कार्यक्रममा एक भएर उभिएका दुई पक्षका सांसद्हरुको धारणा अनुसार अब एक भएर अघि बढ्नु पर्ने समय आएको निश्कर्षमा पुगेको खनाल–नेपाल पक्षका सांसद् शान्ति प्रसाद् पौडेलले रामेछाप टाइम्सलाई बताए । उनले भने 'हामी मिलेर जाने सहमती अनुसार पार्टीले मसहित १४ जना सांसद्लाई सोधेको स्पष्टिकरण फिर्ता लिएको छ, अब मिलेर जाने सहमती निश्कर्षमा पुगेका छौ भने ।'


गत शनिबार प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गर्नुपूर्व मुख्यमन्त्री डोरमणि पौडेल र नेतृ अष्ललक्ष्मी शाक्यले नीति तथा कार्यक्रम पास गर्न संयुक्त निर्देशन जारी गरेका थिए । 

 

 

गत जेठ ६ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई मत नदिइ स्वतन्त्र उम्मेदवार डा‌ खिमलाल देवकोटालाई मत दिएको भन्दै खनाल–नेपाल समुहका सांसदहरु अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, बसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मिना ज्ञवाली, पार्वती सिलवाल र लक्ष्मण लम्साललाई स्पष्टिकरण सोधिएको थियो । उनीहरुले यसअघिनै जवाफ बुझाए पनि उनीहरुको जवाफ चित्तबुझ्दो नरहेको ओली पक्षको ठहर छ ।