लक्ष्मी पूजा गर्न झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर रामेछापमा एक जनाको मृत्यु

| कात्तिक २७, २०८० सोमबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२७ कात्तिक, रामेछाप । आइतबार हिजो लक्ष्मी पूजा गर्नको लागि झिलिमिली बत्ती जोड् क्रममा करेन्ट लागेर रामेछापको दोरम्बा शैलुङ्गमा एक जनाको मृत्यु भएको छ । 

 

ज्यान गुमाउनेमा दौरम्बा शैलुङ गाउँपालिका वडा नं ५ काभ्रेचौर बस्ने अन्दाजी ३५ वर्षीय महेन्द्र कँडेल रहेका छन् । उनको घर नजिकै रहेको देवी थान मन्दिरमा पूजा गर्नको लागि बिजुलीको बल्व राख्दै गर्दा करेन्ट लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

आइतबार मध्यान्न करेन्ट लागेर घाइते भएका कँडेलको तत्कालै उपचारको लागी काठमाण्डौको हेम्स हस्पिटल पठाइएकोमा उपचारको क्रममा अपराह्न ४ ः ०५ बजे मृत्यु भएको रामेछाप प्रहरीले जनाएको हो । 

 

 

उनी पेसाले शिक्षक रहेको बुझिएको छ ।